कञ्चनपुरमा तेस्रो लालझाडी टि-ट्वाइन्टी क्रिकेट प्रतियोगीता हुने  - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कञ्चनपुरमा तेस्रो लालझाडी टि-ट्वाइन्टी क्रिकेट प्रतियोगीता हुने 



किशोर तामाङ
कञ्चनपुर ,पुर्नवास ।।
कञ्चनपुरको पुनर्वासमा तेस्रो लालझाडी टि-ट्वाइन्टी क्रिकेट प्रतियोगीता हुने भएको छ ।

लालझाडी युवा क्लब ११ ले बिहीबार  पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगीता बारे जानकारी गराएको हो । आयोजकका अनुसार पुनर्वास नगरपालिका ११ स्थित राष्ट्रिय माविको खेल मैदानमा माघ १० गते देखी २० गतेसम्म खेल सञ्चालन हुनेछ । प्रतियोगिता टि-ट्वाइन्टी ढाँचामा खेलाइने क्लबका अध्यक्ष काशीराम बोहराले जानकारी गराउनुभएको छ । १० दिन सम्म सञ्चालन हुने प्रतियोगीतामा नेपालको १० र भारतको ६ टीम गरी जम्मा १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्रकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता पुनर्वास नगरपालिका वडा नं ११ अमरबसतीमा आयोजना गर्न लागेको आयोजकक‍ो दाबी छ । तेस्रो संस्करणको उक्त प्रतियोगितामा प्रथम पुरस्कार रू. ५० हजार, द्वितीय पुरस्कार २५ हजार , म्यान अफ द सिरीज १ जनालाई ५ हजार, उत्कृष्ट ब्याट्सम्यान,वलर, फिल्डर र विकेट किपरलाई जनही ३–३ हजार प्रदान गरिने छ । यस्तै म्यान अफ द म्याच हुने खेलाडीले १ हजार नगद तथा ट्रफी पाउने छन् ।

लालझाडी कपको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी तथा सहप्रायोजक भुमि इटा उद्योग र बावु अटोसेल्स अत्तरीया रहेको जनाइएको छ । उक्त क्लबले विगतमा पाँचौ संस्करणसम्म फुटबल र दुई संस्करण क्रिकेट खेलको आयोजना गरिसकेको र आगामी फागुन २६ गते शहीद गोविन्द गौतमको प्रथम स्मृति दिवसमा पेनाल्टी सुट-आउट फुटबल प्रतियोगिता समेत आयोजना गर्ने जनाएको छ ।