कञ्चनपुरमा कयौ सिमा स्तम्भ गायब ,अस्वभाविक पिल्लर फेला, सरकार भने मौन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कञ्चनपुरमा कयौ सिमा स्तम्भ गायब ,अस्वभाविक पिल्लर फेला, सरकार भने मौन



किशोर कु.तामाङ कञ्चनपुर ।।
नेपाललाई चारै तिरबाट भारत र चिन ले घेरेको छ । उत्तरी सिमामा समस्य देखिन्दैन जुन सिमामा चिनको भुगोल पर्दछ । पुर्वी,पश्चिम र दक्षिण भागमा भारतीय भुगोल पर्दछ जहाँ सिमा सम्वन्धी समस्य ही समस्य रहन्दै आएको छ । यी नेपालका भारतीय सिमा संग जोडिएका विभिन्न भागहरुमा सिमा विवाद यथावत कायम रहेको छ । विवादकै कारण नेपाल र भारत विच दुई देश को सिमा अद्यावधिक गर्ने कार्य लामो समय देखि चल्दै आइरहेको छ।

त्यस्तै विवादकै बिच कञ्चनपुरको दक्षिणी भेग पुनर्वासको अनान्दबजारमा गोबिन्द गौतमको हत्या समेत भारतीय प्रहरीको गोलि बाट भएको थियो । हत्या पश्चात् पुनर्वास क्षेत्रमा सिमा विवाद झनै चर्केर गएको छ। विवाद टुङ्गो लगाउन भनी गत बर्ष निर्माल आचार्यको नेतृत्वमा नेपाल भारत सयुक्त सीमा सर्वे गर्न आएको सर्वेटोलीले नापेको नक्सामा भारतीय पक्षले हस्ताक्षर गर्न नमाने पछि बिना निष्कर्ष रातारात उक्त सर्वेटोली फर्किएको थियो । भारतले उक्त सयुक्त रुपमा नापी गरेको नक्शामा हस्ताक्षर नगर्नु नेपाल प्रति भारतको हेपाहा प्रवृति हो ।

भारतको विस्तारवाद नितिमा सिमा सुरक्षा बलको आडमा रातारात एकतर्र्फी रुपमा आफ्नो क्षेत्रमा पनि सिमा स्तम्भ खडा गर्दा सरकार मौन रहेको छ किनभने दिनापुरको थापा चोक नजिक कल्भर्ट ठडाई भारतिय एस.एस.बी र भरातीय पक्षले सिमा स्तम्भ बनाउदा पनि यहाँका सरोकारवाला गम्भीर नभएको ,बेलौरी न.पा २ वडाध्यक्ष कलबीर चौधरी बताउनुहुन्छ ।

चुनावी दौरानमा भोट बटुल्ना ठुलठुला कुरा गरि अश्वासनको पोको बाढ्न भ्याएका जनप्रतिनिधिहरु हल आएर आनन्द बजार वासीको भावना बिपरित सिमा निर्धारण गर्ने काममा पहल गर्न छाडेर आरोप प्रतिआरोप गर्दै नाका खोल्नु जरुरी छ भन्दै केही भारतीय तस्कारीहरु र चम्चेहरुको आडमा भरातीय बजार गई चाडै नाका खुल्ने अश्वासन दिनु गलत भएको स्थानिय जानकारहरु बताउछन । त्यसैले जनप्रतिनिधिहरुले यहाँको एसएसबीको ज्याददती सदाको लागि रोक्न २०० नम्बर पिल्लारको वस्ताविकता निर्धारण गरि पुनर्वासी दक्षिण बेल्टका जनताहारु र शहिद गोविन्द गौतमलाई न्याय दिनु पर्ने पुनर्वास न.पा ४ का बसुन्धारा बस्नेतले जिकीर गर्नुभयो ।

यस भेगको भरातीय बिस्तारवाद नितीको अन्त्य गर्न यहाँ स्थायी नाका खोल्नु पर्छ । जव यहाँका विपादित सिमा स्तम्भहरुको निर्धारण हुन्छ तव आपनेआप नाका खुली हाल्छ स्थानिय ३० बर्ष देखी बसोबास गर्दै आएका अनान्दबजार सुकुम्वासी टोलका ६५ बर्षे दान बहादुर शाही बताउनु हुन्छ ।

हाल पुंन यस क्षेत्रमा कैलाली देखि दार्चुला ब्रम्हदेव सम्मको सिमा विवाद टुंगो लगाउन भन्दै गत एक महिना देखी पुनर्वासको डोके बजार देखी सिमा स्तम्भ रेक्की गने कार्य तिब्र रुपमा भई रहेको छ । सो संयुक्त टोली हाल अनान्दबजार क्षेत्र हुदै महाकाली नगरपालिका पुगी सकेको छ तर यहाँका जनप्रतिनिधिले सो कार्य बारे कुनै चासो देखाएको छैन । पिल्लर नं. २०५ सम्म पुग्दा निकै पिल्लर हरु मिसीङ भेटिएका छन भने कयौ अस्वाभाविक बिन नम्वरका पिल्लारहरु समेत फेला परेको छ । भारतीय एस एस बीको बल मिचाई बाट रातारात नेपाली भुमीमा सिमा स्तम्भ खडा गरि भरातीय बिस्तारवादको शिकार बनेका छन सिमावर्ती कञ्चनपुर पुनर्वास बेलौरीका नेपाली जनताहरु ।

नेपाल सरकारको भारत पर्टी झुकाउ र नेपालको भुगोल प्रतिको भारतीय गिद्दे नजरको अन्तय हुनैपर्छ । सरकार सत्ता शासनमा ललायीत कुर्सीको मोह बोकेका नेताहरुबाट देशको समिृद्धि असम्भाव रहेको बताउछन स्थानीयवासीहरु । जुन जोगी आए पनि कानै चिरेका भने जस्तै जस्तो सरकार आए पनि भारतको शरण पर्ने प्रवृतिले गर्दा नै भारतले नेपाललाई हेपेको छ । सरकारको कार्यशैली देख्दा सिमावर्ती जनताहरु वक्का दिक्का भएको बेलौरी न.पा गोकूलपुर निवासी लब बहादुर शाही बताउनुहुन्छ ।

हाल भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अन्य खुला नाकाहरुमा निर्बाध आवतजावत गर्न दिएपनी सो यता आनन्दबजार नाका भने ठप्प छ । भारतले हराएको सिमा स्तम्भ २०० नं. कल्भर्ड नजिक रहेको रुखलाई मानी आएको छ । यस अर्थमा उसले कल्भर्ट पनि आफ्नो भनी दावी गरिरहेको मन्न सकिन्छ । आनन्द बजार नजिक कंग्रेखोलामा नेपाली लालपुर्जा भएको जामीन समेत उपभोग गर्न दिई रहेको छैन । यसरी हुदा समेत सरोकारवाला निकाय मौन रहुनु भरातीय बिस्तारवाद बिरुद्ध बोल्न नसक्नु हो त्यस्ेले अब सरकारले केही गरेन भनेर अबको युवा जमात चुप लागेर नबस्ने अनान्दबजार टोलका स्थानिय युवा बसन्त न्यौपानेले आक्रोस पोखाउनु भयो।

यसरीनै हाल नेपाल सरकार र भारत सरकारको संयुक्त सरर्वे टोली रेक्की गर्ने क्रममा धेरै पिल्लार हराएको भेटिृएको र अस्वभाजिक सिमा स्ताम्भ समेत भेटिएका छन , यसको रिपोर्ट टिपोट गरि केन्द्रमा पठाउने छु यी सब देख्दा आफु समेत आश्चर्य चकित भएको कैलाली कञ्चनपुर सिमा सर्वैटोली सदस्य पुर्ण ब.खडका बताउनुहुन्छ ।

नेपाल सरकारले सिमा व्यवस्थापनको लागि भारत सरकारसंग सहि तरिकाले पहल गर्न नसक्नु, भारतलाई दवाव दिन नसक्नुले भारतले हालसम्म नेपाली भूमी कब्जा गरेर बसेको छ । यसले गर्दा कञ्चनपुरका सर्वसाधारणमा सरकार प्रतीको तिब्र आक्रोश रहेको छ । स्मरण रहोस् यस अघि आएको टोलीले साबिक सिमा स्तम्भ १९८ फर्जी भएको र २०० नं. मिसीङ पिल्लर रुख नभई त्यो ठाँऊ भन्दा ५०० मिटर दक्षिण तर्फ नेपाल भारत सिमा लाइन भएको बताएको थियो । यसरी सिमा विवाद टुंगो लगाउन आएको नापी बिभागको सर्बे टोलि र जन प्रतिनिधिहरुको चुनावी अश्वासन सीमावर्ती जनताका लागि अकासको फल आखा तरी मर भएकोछ । त्यसैले चाँडो भन्दा चाडो यस बिषय तर्फ सम्वन्धित निकायको ध्यान जना जरुरी देखिन्छ ।