कञ्चनपुरको वेदकोट नगरपालिका -३ मा बेवारिसे शव फेला - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कञ्चनपुरको वेदकोट नगरपालिका -३ मा बेवारिसे शव फेला



कञ्चनपुर ।।  कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला परेको छ ।

दुई रुखको जराको बीचमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीले जानकारी दिएको छ ।

शव स्थानीय मेलापात गएका महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पूरै सडेकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरी निरीक्षक हिक्मत थापाले जनाए । उनले भने, ‘शव दश दिन अगाडिको जस्तो देखिन्छ ।’

शवको हालसम्म सनाखत हुन सकेको छैन । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालतर्फ पठाइएको छ । शव परीक्षण पछि मृत्युको कारण खुल्ने भएकाले त्यसकै आधारमा अनुसन्धानको कार्य अगाडि बढाइने प्रहरीले बताएको छ ।