सत्तामा जाने कमल थापाको संकेत - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सत्तामा जाने कमल थापाको संकेत



हिमाल पोस्ट /बुटवल,कार्तिक २७,
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुइ राप्रपाबिचको एकता सत्तामा जाने की नजाने भन्ने बिषयका कारण ढिलाइ भएको बताएका छन् ।उनले धेरै कुरामा सैद्धान्तिक सहमती भएपनि राप्रपाले यहि सरकारमा सहभागिता जनाउने भनेका कारण बिलम्ब भएको बताए ।

रिपोटर्स क्लब लुम्बिनीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा उनले भने— ‘राप्रपा नेपाल यो सरकारमा जान हुन्न भनेको छ तर अर्काेले जानैपर्छ भनेकोले हामी अल्मलिएका छौं,अब सत्तामा जानेकी भन्ने बिषयमा हामी पनि अन्तिम छलफलमा छौं ’।
उनले पार्टी एकताका लागि पनि सरकारमा जानुपर्ने बाध्यतातर्फ संकेत गरे ।

उनले राजतन्त्रको एजेन्डा आफुहरुले एकता भएपछि पनि नछाड्ने भन्दै सिद्धान्तछाडेर पार्टी एकता नहुने स्पष््ट पारे ।हिन्दुराष्ट्रका लागि आफ्नो पार्टीले संविधान संशोधनको प्रस्ताव लैजाने बताए् ।

उनले नेपाललाइ पूर्णधार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र बनाउनुपर्ने जिकिर गरे । धर्मनिरपेक्षता खारेज गरेर अघि बढ्नुपर्ने अहिलेको आबश्यता भएको बताए । हिन्दु राष्ट्र नै बनाउनुपर्ने भन्दै सरकारलाइ आफुहरुको माग सम्बोधनका लागि आग्रह गरे ।उनले सरकार स्वार्थ र खिचातानीमा लाग्दा न्युनतम राजनैतिक सहमति पनि जुटाउन नसकेको आरोप लगाए ।

संबिधानसंसोधन मार्फत मधेशी जनताको चाहनापूरा गरेर समयमा निर्बाचन नगरेर संबिधान कार्यान्वयनमा जटिलता आउने उनले बताए ।

गम्भिर र संबेदनशील बिषयलाइ छलफल नै नगरि कार्कीको महाभियोग दर्ता गरिनु हास्यास्पद : राप्रपाले प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुन राप्रपा नेपाललाइ भनेको छ तर राप्रपा नेपालले यो सरकारमा जाने की नजाने भनेर अल्मल गरिरहेकोकाले दुइ पार्टी बिचमा एकता रोकिएको छ ।

‘यदि समयमै चुनाव गरिएन भने संबैधानिक रिक्तता हुन्छ,अनि संबिधान कार्यान्वयनमा जटिलता आएपनि भयावह हुने तर्फ उनले चिन्ता ब्यक्त गरे । उनले सहमतिबिना संविधान संशोधन हुन नसक्ने भन्दै मधेसी दल आन्दोलनमै रहने र निर्वाचन पनि पर धकेलिने खतरा बढिरहेको बताए । दलहरुले संबिधान कार्यान्वयनमा न्यूनतम सहमति गरेरै जानुपर्ने बताए ।
निलम्बित अख्तियार प्रमुख लोकमान सिंहकार्कीको बिषयमा उनले यति गम्भिर र संबेदनशील बिषयलाइ छलफल नै नगरि दर्ता गरिनु हास्यास्पद भएको बताए ।
उृनले दलहरुकै स्वार्थका कारण महाअभियोग दर्ता भएकाले आफुहरुले ठिक समयमा मात्रै यसबारेमा बोल्ने उल्लेख गरे ।