प्रधानमन्त्री ओलीलाई कमल थापाले पाखण्डी भनेपछी... - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रधानमन्त्री ओलीलाई कमल थापाले पाखण्डी भनेपछी…



काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले हिन्दुराष्ट्रको अस्तित्व समाप्त पार्नेलाई धार्मिक समारोहको प्रमुख अतिथी बनाउने पाखण्डहरुले हिन्दुराष्ट्रको कुरा नगरे राम्रो हुने बताएका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा पार्टीका प्रवक्ता मोहन श्रेष्ठको ट्विटलाई रिट्विट गर्दै यसो भनेका हुन् । उनले ट्विटरमा ईश्वरको अस्तित्व स्विकार नगर्ने, ईश्वरको नाममा सपथ नलिने, हिन्दुराष्ट्रको अस्तित्व समाप्त पार्नेलाई धार्मिक समारोहको प्रमुख अतिथी बनाउने पाखण्डहरुले हिन्दुराष्ट्रको कुरा नगरेकै बेश भनेर लेखेका छन् ।

केपी ओलीले प्रधानमन्त्री बनेपछि सपथमा इस्वरको नाम लिन आनाकानी गरेका थिए भने कतिपय कार्यक्रममा इश्वर छैनन् भन्ने अभिव्यक्ति दिएका थिए ।

साताव्यापी भ्रमणमा आएका जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीको हिजो जेठ १ गते विश्व हिन्दु महासंघले नागरिक अभिनन्दनको आयोजना गरेको थियो ।

सो अभिनन्दन समारोहका प्रमुख अतिथी प्रधानमन्त्री केपी शर्मा ओली थिए । हिन्दुराष्ट्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी र पदाधिकारीहरुको सो कार्यक्रममा उपस्थिती थिएन ।