कालिकामा खाना महोत्सव - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कालिकामा खाना महोत्सव



बुटवल । कालिका माध्यमिक विद्यालयमा सोमबार खाना माहोत्सव सम्पन्न भएको छ ।
विद्यालयमा आधारभूत तहमा पेशा र व्यवसाय विषयको अध्यापन हुने भएकोले विद्यार्थीहरुले कक्षाका सिकेको कुरा व्यवहारिक रुपमा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्धेस्यले खाना महोत्सव आयोजना गरिएको विद्यालयका प्रधानाध्यपक घनश्याम पाठकले बताए ।

कक्षा ६ देखि ८ सम्मका ८७७ जना विद्यार्थीहरुका ५२ समुहहरु खाना महोत्सवमा सहभागी रहेका थिए । महोत्सवमा विद्यार्थीहरुले सेलरोटी, बटुक, खिर, हलुवा, पकौड़ी लगायतका २४ किसिमका परम्परागत परिकारहरु बनाएका थिए ।

खाना महोत्सवका लागि आवस्यक सामाग्रीहरु विद्यालयले उपलब्ध गराएको थियो भने पकाउने र वितरण लगायतका काममा विद्यार्थीहरु नै संलग्न भएका थिए । खाना महोत्सवमा अविभावकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

महोत्सवबाट विद्यार्थीहरुले नेपाली खानासंग परिचित हुन पाउने मात्र नभई खाना बनाउने सिप सिक्न पाउने र यसले घरमा खाना तयार गर्न मात्र नभई भविस्यमा पेशा अपनाउन पनि सहयोग पुग्ने भएकोले यस्ता कार्यक्रमहरु उपयोगी कार्य भएको महोत्सवमा सहभागी अभिभावक माधब पौडेलले बताए ।

खाना महोत्सवमा लागेको खर्च कटाएर बाँकि रहेको आम्दानी विद्यालयको बाल क्लबलाई प्रदान गरिने कार्यक्रम संयोजक सुमेर रत्न शाक्याले बताए ।