कलंकी अन्डरपासको सञ्चालन हुने मिति तोकियो ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कलंकी अन्डरपासको सञ्चालन हुने मिति तोकियो !



काठमाडौं – राजधानीको कलंकीमा निर्माण भइरहेको मुलुककै पहिलो अन्डरपास असारको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ ।

असार १५ गतेदेखि यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ । आजको गोरखापत्रमा यो समाचार छापिएको छ ।

चार लेन फराकिलो र ३८ मिटर लामो सो अन्डरपासको एकातिरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ भने अर्कोतिरको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।