कलाकारको नजरमा भ्यालेन्टाइन डे ! कहाँ मनाउदै छन् प्रेम दिवस ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कलाकारको नजरमा भ्यालेन्टाइन डे ! कहाँ मनाउदै छन् प्रेम दिवस ?



प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे, नेपाली समाजमा पनि राम्रै पहुँच बनाईसकेको यो दिवसले । यसै अवसरमा हामीले कलाकारहरुलाई जिज्ञासा राखेका थियौं यसले “नेपाली समाजमा पारेको प्रभाव बारे तपाईको राय के छ र तपाई कसरी मनाउंदै हुनुहुन्छ” भनेर हेरौं उहाँहरुको जवाफ  ।

पशुपति शर्मा –  लोक गायक

म भ्यालेन्टाइन डे मनाउनेहरुको विरोध गर्दिन तर म आफू मनाउँदिन किनकि यो हाम्रो संस्कार र ब्याबहारसँग कतै मिल्छ भन्ने लाग्दैन । यो भन्दैमा मैले यसको विरोध गर्न खोजेको होइन । जिन्दगी भरी प्रेम दिवस बनाएका हामीहरूलाई यो आवश्यक छैन । र भ्यालेन्टाइन डे मेरो कुनै मनाउने प्लान छैन ।

निर्मल शर्मा – कलाकार

प्रेम गर्नेहरुले प्रेम दिवस कुर्नु पर्दैन । उनीहरू जहाँ जसरी पनि प्रेम गर्न सक्छन् । बहाना बनाउनेले त प्रेम गर्ने कुरै भएन नि । साँचो माया गर्ने हरूलाई सधैँ भ्यालेन्टाईन, February 14 कुर्नै पर्दैन, सबै धर्म संस्कृतिलाई मेरो सम्मान छ ।

मञ्जु पौडेल :-  उद्घोषिका एवं गायिका

देखावटी प्रेम भन्दा पनि सस्कारी प्रेम सङै आगाडी बढ्दा राम्रो हुन्छ । प्रेम दिवस मनाइनु नराम्रो कुरा होइन ,प्रेम त्यो दिनको लागि भन्दा पनि जुगौ जुग उत्तिकै स्नेही रह्नु पर्दछ ।माया गर्ने मान्छेलाई त्यो दिन मात्रै प्र्स्ताब राख्नु पर्छ भन्ने छैन । यो मनाइ रहँदा समाजमा राम्रै प्रभाव पर्छ तर विकृति विसङ्गतिसंग आफू सगज हुनु पर्ने जरुरी हुन्छ । टिकापुर महोत्सवमा मनाउदै छु दर्शकको माझमा ।

रामचन्द्र काफ्ले – गायक

प्रेम दिवस कुनै एक दिनलाई तोक्नु पनि प्रेम प्रतिको अन्याय हो । माया प्रेम गर्नेहरुले दिवसनै कुर्नु पर्दैन । गैह्रकानुनि काम गरेजस्तो वर्षको एक दिन छुट पाउने विषय होइन यो त्यसैले एक दिन मात्र गरिने प्रेम कुनै प्रेम होइन । दसैँमा अफर दिएजस्तो प्रेम दिवस बनाएर त्यो दिनमा अफर र डिस्काउन्ट राखेको पनि माया हुन्छ र ? र यही कारणले हाम्रो समाजलाई अवश्य नराम्रो असर गरेको छ । र मेरो कुरा मैले वर्ष भरिनै प्रेम गर्ने मान्छे दिवसमा कुनै प्लान बनाएको छैन ।

हिमाल सागर : गायक

भ्यालेन्टाइन डेले अहिले नपाली समाजमा बिशेषगरी युवा युवती माझ धेरै नै प्रभाव पारेको छ । मेरो बिचारमा माया गर्नेको लागि सधैँ नै माया हुन्छ जस्तो लाग्छ । न कि भ्यालेन्टाइन डे नै कुर्नु पर्दैन ।
मेरो बिचारमा राम्रो सँग मनाउने हो भने सबै सँग प्रेम र सद्भाव बढाउने हो भने यो कुरा राम्रै हो । तर प्रेमको नाममा विकृति आउनु राम्रो भने पटक्कै होइन । कार्यक्रममा मलेसिया जाँदै छु त्यही मनाउने बिचार छ ।

रामजी खांण :- लोक गायक

माया साट्नु प्रेम बाँड्न विशेष दिन चाहिँदैन , बहाना खोज्नेलाई त केही भनेर केही हुँदैन । नेपाली समाजमा प्रेम दिवस संस्कार भन्दा पनी फेसन र विकृतिको रूपमा मौलाउंदै जानू ठिक होइन । मेरो प्रेम दिवस चाहिँ बिहानै बुढीलाई फोन गर्छु, स्वास्थ्य को ख्याल गर भन्छु म चाहिँ आफ्नै काम । भेट हुने फुर्सद छैन ।सोही दिन पोखरामा कार्यक्रम भएकोले दर्सकसगै मनाउने छु ।

शान्तिम कोइराला : गायक

भ्यालेन्टाइन डे को नाममा स्वन्त्रताको अल्लि बढी नै दुरुपयोग भएको देखेको छु, जुन राम्रो होइन । हामीले आपसी प्रेम सद्भाव र सौहार्दता सबै सँग राखेको राम्रो हो न कि प्रेम दिवसको नाममा कोठा बन्द गरेर भौतिक काममा लिप्त हुनु । यो कुराको लागि मैले आपत्ति जनाउन खोजेको होइन । हुन त त्यो अत्याबस्यक कुरा हो तर त्यसकै लागि मात्र प्रेम र प्रेमदिवसको लामो नाटक कसैबाट पनि हुनु राम्रो होइन । मैले चाइ स्टुडियो भित्र गीत रेकर्डिङ गरेर मनाउँदै छु ।