कलाकारलाई रोयल्टी दिलाउँने प्रचण्डको बाचा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कलाकारलाई रोयल्टी दिलाउँने प्रचण्डको बाचा



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संगीतकार र कलाकारले रोयल्टी दिलाउन सहयोग गर्ने बताए ।

काठमाण्डुमा मेची महाकाली सांगेतिक अभियानको उद्घाटन गर्दै प्रचण्डले कलाकार र संगीतकारलाई राज्यको तर्फबाट प्रोत्साहन, सहयोग र अधिकार स्थापित गर्न सँधै लागि पर्ने बताएका हुन् ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कलाकारको अक्षयकोषमा एक करोड रुपैयाँ सहयोग गरेको स्मरण गर्दै उनले अब म संगीतकार कलाकारलाई राज्यको तर्फबाट सहयोग गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

अभियानमार्फत राष्ट्रिय एकताको संवेदना र परिवर्तन समृद्धि र विकासको सन्देश दिने प्रयास अर्थपूर्ण रहेको उनको भनाई थियो । निरंकुश व्यवस्थामा पनि संगीत र कलाको क्षेत्र फस्टाएकाले गणतन्त्रमा झनै यो क्षेत्रको प्रवर्द्धन हुनुपर्नेमा उनले जोड दिए ।

‘विविधतामा एकता नै हाम्रो राष्ट्रको पहिचान र गौरव हो, उनले भने, यो गौरवलाई गीत संगीत र कलामार्फत समृद्धिको यात्रातिर अगाडि बढ्न हामी सबैले संकल्प गरौँ ।