कैलालीको सुखडमा फागुन १८ गते होलि विशेष कार्यक्रम हुँदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कैलालीको सुखडमा फागुन १८ गते होलि विशेष कार्यक्रम हुँदै



विशाल पाण्डेय / सुखड ,कैलाली ।।

कैलालीको घोडाघोडी नगरपालिका – १ सुखडमा प्रथम होलि विशेष कार्यक्रम – २०७४ हुने भएको छ ।

” युवाहरुको क्षमता विकासका लागि सामाजिक सद्भाव सहितको युवाको भुमिका हाम्रो अभियान ” भन्ने मुल नाराका साथ प्रगतिशील नेपाल युवा क्लबको आयोजनामा यहि फागुन १८ गते तराई होलिको दिन घोडाघोडि नगरपालिका १ सुखडको हेलिप्याडमा हुने क्लबका अध्यक्ष दिपेन्द्र शाहिले बताए ।

कार्यक्रमको मेन स्पोन्सर टुवर्क बियर रहेको र
कार्यक्रम सहज र ब्यवस्थित  तरिकाले सम्पन्न गर्नको लागि ब्यवस्थापन समिती पनि रहेको शाहिले जानकारी दिए । ब्यवस्थापन समितिमा  गगन श्रेष्ठ , दामु  शर्मा र सुदिप ताडी रहेका छ्न ।

कार्यक्रममा ‘द समय ब्यान्ड ‘ तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।