कैलालीको घोडाघोडी नगरपालीका- १२ असना वावा मन्दीरमा माघे संक्रान्ति तिर्थ मेला आयोजना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कैलालीको घोडाघोडी नगरपालीका- १२ असना वावा मन्दीरमा माघे संक्रान्ति तिर्थ मेला आयोजना



हिमाल पोस्ट

सुखड ,कैलाली ।।    “भाषा , धर्म ,संस्कृति तथा पर्यटन प्रवर्द्धन  , पवित्र धार्मीक स्थल असना वावाको संरक्षण “भन्ने नाराका साथ कैलालीको घोडाघोडी नगरपालीका – १२       नक फोडुवामा रहेको असना वावाको मन्दीर प्राङ्गणमा माघे सक्रान्ती तिर्थ मेला आयोजना  हुने भएको छ ।

असना वावा मन्दीरको संरक्षण संम्बर्दन तथा प्रचार प्रशार गर्ने उद्धेश्यका साथ यहि पौष ३० गते देखि माघ ५ गते सम्म मेला सन्चालन हुने आयोजकले जनाएको छ । षौष ३० गते उद्घाटन कार्यक्रम संगै सांस्कृतिक र स्थानिय कलाकारहरुको  कला प्रदर्शन साथै डान्स र गायन प्रतियोगिता र माघ १ गते देखि ३ गते सम्म लखनाउ र कानपुरको आकर्षक डान्स प्रस्तुतिहरु रहने आयोजकले जानकारी दिएको हो ।

पुजा पाठका लागी मन्दीर पौष ३० गते राती ३ वजे पछि खुला गरिने वताईएको छ । मेला अवधि भर मेला क्षेत्र भित्र तथा  ५०० मीटर आसपासका क्षेत्रमा मदिराजन्य वस्तु तथा माछा मासु निषेध गरिएको वतार्ईएको छ । निषेधित क्षेत्रमा सो कार्य गरेको पाईएमा सामान जफत गर्नका साथै ५ हजार जरिवाना समेत लिईने आयोजकले जानकारी दिएको छ । अहिले स्टल वुकिङ्ग संगै डान्स तथा गायनमा सहभागी कलाकारहरुको नाम दर्ता लगाएतका कार्यभईरहेको र मेलाको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ ।