कैलालीको घोडाघोडीमा ४७ औं बिश्व सिमसार दिवस मनाइयो(फोटो फिचर) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कैलालीको घोडाघोडीमा ४७ औं बिश्व सिमसार दिवस मनाइयो(फोटो फिचर)



विशाल पाण्डेय / सुखड ,कैलाली ।।

कैलालीको घोडाघोडी नगरपालिकामा विविध  कार्यक्रमको आयोजना गरी ४७ औं  विश्व सिमसार दिवस शुक्रबार घोडाघोडी ताल परिषरमा मनाइएको छ ।

“दिगो सहरी भबिस्यका लागि सिमसार ” भन्ने मुल  नारा सहित  जिल्ला बन कार्यालय कैलाली , चरा संरक्षण  नेटवर्क कैलाली, घोडाघोडी  क्षेत्र संरक्षण तथा जन जागरण मंन्च तथा सामुदायिक  बन संमन्वय  समितीको  संयुक्त  आयोजनामा बिबिध कार्यक्रम गरि सिमसार दिवस मनाइएको छ ।

बसन्ता  संरक्षित बन कार्यक्रमका अध्यक्ष पुस्कल बमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती घोडाघोडि नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै नगर प्रमुख चौधरीले  सिमसारको ठूलो महत्व रहेको बताउनु भयो । चौधरीले सिमसार भएन भने हाम्रो शरिरमा मिर्गौला  नभए जस्तै हुने बताउनु भयो ।   सिमसार बिना जीवन हुदैन ,सिमसारले  सम्पुर्ण  जीवन जगतलाइ बचाउछ , यसलाइ बचाउन  सबै लाग्ने पर्ने चौधरीले बताउनु भयो ।

नगर प्रमुख चौधरिले  घोडाघोडि क्षेत्रलाइ संरक्षण गर्न नगरपालिका भित्र रहने गरि बृहत  घोडाघोडी ताल क्षेत्र तथा पर्यटन बिकास बोर्ड  गठन गर्ने तयारी  गरेको जानकारि दिनुभयो । चौधरीका अनुसार ” घोडाघोडी ताल सङै अन्य ताल र बन अतिक्रमण गर्ने क्रम जारी रहेकोले  सिमसारमा ह्रास आउने काम भएको छ र यसलाई बचाउनको लागि त्यहाका बासिन्दा तथा सबै मिलेर लाग्नु पर्ने बताउनु भयो । सामुदायिक  बनको  सवालमा पनि  संरक्षित सामुदायिक  बनहरुलाइ बर्गिकरण  गरि  सामुदायिक  बनहरुले गरेको  कामको आधारमा  संरक्षित गर्ने र विभिन्न फलफूल खेतीहरु गरि आर्थिक बिकासमा पनि टेवा पुर्‍याउने नगर प्रमुख चौधरीले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै  जिल्ला बन अधिकृत डा. राजेन्द्र के सि ले  बिश्वको रामसार सुचिमा सुचिकृत रहेको यस  क्षेत्रलाइ सबल र सक्षम तरिकाले  अघि बढाउनु पर्ने बताउनु भयो । क्षेत्रीय बन निर्देशक सुधिर कोइरालाले सिमसार क्षेत्रमा भएका राम्रा कुरा हरु प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । कोइरालाले अब हमिलाइ नेतृत्व गर्ने स्थानीय सरकारले र जनप्रतिनिधि हरुले  सिमसार संरक्षणमा ध्यान पुग्ने गरि काम गर्नु हुन्छ  भन्ने आशा रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै तराइ भ-ुपरिधी ताल  कार्यक्रम प्रमुख बुद्धि रिजालले कैलाली जिल्ला जैबिक बिबिधताले भरिपुर्ण  क्षेत्र हो । यो जिल्ला वनजङ्गलले अरु जिल्ला भन्दा धनी भएपनी जोखिममा रहेको बताउनु भयो  । यहाँ  बसन्ता जैबिक मार्ग छ जो  निकै  पर्ख्यात छ तर बसन्ता जैबिक मार्ग अझै  क्रियासिल छैन र यो बन अतिक्रमणमा परेको उहाँले बताउनु भयो । जनप्रतिनिधिहरुले वनजङ्गल सुसासन लाई अनियंत्रित कार्य हटाएर क्रियाशिल बनाउन अनुरोध समेत गर्नु भयो ।

त्यस्तै चरा बिद होल्यान्ड नागरिक बेल्ज स्मेल्टले सिमसारहरु आगन्तुक र स्थानिय चराको प्रजननका लागि महत्वपुर्ण  क्षेत्र रहेको बताउनु भयो ।  घोडाघोडी  ताललाइ सुन्दर बनाउन हामीहरु संरक्षण का लागि फर्कनु पर्ने र  यस क्षेत्रको पुराना रेकर्ड हेर्दा वातावरण नस्ट भएको हुनाले  यसलाइ महत्वपुर्ण  रुपमा हेर्नुपर्ने तथा  पर्यटन बिकास गर्नु पर्ने स्मेल्टले बताउनु भयो ।

दिवसका अवसरमा रुख रोपौ बन जोगाउ, प्रकोप न्युनिकरणका लागि सिमसार ,दिगो सहरी भबिस्यका लागि सिमसार भन्ने नारा सहित र्‍याली समेत निकालिएको थियो ।

कार्यक्रमका बिच बक्तृत्वकला प्रतियोगिता ,
बन हेरालु सिबलाल चौधरीलाई सम्मान तथा सखी नाच समेत प्रस्तुत गरिएको थियो ।

सेक्टर बन कार्यालय पहलमानपुरका  प्रमुख सम्भु सिङ्को स्वागत मन्तब्य  सङै सुरु भएको कार्यक्रममा जिल्ला बन कार्यालय कैलालीका रेन्जर राम अवतार चौधरी , संमन्वय समिती भजनीका अध्यक्ष बिजय राज श्रेष्ठ लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन बसन्ता संरक्षित वनका सामाजिक परिचालक भिमा सुबेदिले गर्नु भएको थियो ।