कैलालीको धनगढीमा ब्राउन सुगर सहित ३ पक्राउ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कैलालीको धनगढीमा ब्राउन सुगर सहित ३ पक्राउ



कैलाली ,धनगढी । कैलाली जिल्लाको धनगढीमा  तीन ग्राम एक मिलिग्राम ब्राउन सुगर सहित शनिबार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नं  ३ का २२ वर्षीय रवि बम, २१ वर्षीय रामकृष्ण बोहरा र धनगढी वडा नं २ का २२ वर्षीय अनिल सिंहलाई   पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

युके ०७ एएस ५५८० नम्बरको भारतीय मोटरसाईकला र से ३ प ६२०६ नम्बरको मोटरसाईकल रोकेर बसिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।