कैलाली -४ मा बाम गठबन्धनका लेखराज भट्ट ७ हजार मतले अगाडि - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कैलाली -४ मा बाम गठबन्धनका लेखराज भट्ट ७ हजार मतले अगाडि



मंसिर २४,कैलाली  । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रले सात हजार मतले अग्रता लिएको छ । पछिल्लो मत गणनाको परिणाम अनुसार माओवादी नेपाली कांग्रेसभन्दा सात हजार १३५ मतले अगाडि देखिएको छ ।

पछिल्लो मत परिणाम अनुसार माओवादी नेता लेखराज भट्ट २१ हजार १८४ मतले अग्रस्थानमा छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस नेता शुनिलकुमार भण्डारीले १३ हजार ९४९ मत प्राप्त गरेका छन् ।