कैलाली- ३ मा बाम गठबन्धनको अग्रता कायमै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कैलाली- ३ मा बाम गठबन्धनको अग्रता कायमै



विशाल पाण्डेय

मंसिर २४,कैलाली ।।

कैलाली क्षेत्र नं ३ मा दुई पूर्व मन्त्री एवं काँग्रेस नेता रामजनम चौधरी र पूर्व कृषि मन्त्री एवं माओवादी केन्द्रका नेता गौरीशंकर चौधरीबीच रोचक प्रतिस्पर्धा  भइरहेको छ ।

भर्खर प्राप्त मत परिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार गौरीशंकर चौधरीले १५,४६७ मत प्राप्त गर्नु भएको छ भने उहाँलाई पछ्याउँदै लोकतान्त्रिक गठबन्धन बाट रामजनम चौधरीले १२,९६२ मत प्राप्त गर्नु भएको छ । प्राप्त मत परिणाम अनुसार गौरीशंकर चौधरीले २५०५ मतले रामजनम चौधरी लाई पछि पारेका छ्न ।