कैलालीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु , एक घाइते - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कैलालीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु , एक घाइते



मङ्गल बास्कोटा /लम्की ,कैलाली ।

कैलालीको मोतिपुरमा स्कुटि दुर्घटना हुँदा एक जनाको मृत्यु गएको छ भने एक जना घाइते भएका छन् ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नं.२ रोरा पुल मन्दिर नजिकै सुखडबाट लम्की तर्फ आइरहेको से ४ प ४८९० नम्बरको स्कुटिले साइकललाई ठक्कर दिँदा स्कुटिमा सवार घोडाघोडी नगरपालिका वडा नं.१ बस्ने जलधरा बमको मुत्यु भएको छ । साइकल चालक लम्की चुहा नगरपालिका वडा नं.२ बघिनिया बस्ने १७ वर्षीया गीता रावल घाइते भएकी छन् ।

सुखडबाट लम्कीमा पूजाका लागी आउँदै गरेका बेला २२ वर्षीया छोरा लोक जङ बलले चलाएको आफ्नै स्कुटिमा मृतक जलधरा बम सवार रहेकी थिइन । साइकलले बाटो काट्ने क्रममा स्कुटि तीव्र गतिमा भएकोले ब्रेक लगाउन खोज्दा स्कुटि अनियन्त्रित भएर साइकलमा ठोक्कीएको थियो । स्कुटिबाट खस्दा टाउकोमा चोट लागी गम्भीर घाइते भएकी जलधराको लाल रत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घाइते गीता रावलको लाल रत्न अस्पतालमा सामान्य उपचार पछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ। स्कुटी र चालक इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय लम्की प्रमुख नैन बहादुर साउँदले जानकारी दिनु भएको छ ।