काँडामाथि सुतेर पापकाे प्रायश्चित गर्दै एक साधु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

काँडामाथि सुतेर पापकाे प्रायश्चित गर्दै एक साधु



इलाहावाद ।।  भारतको इलाहावादमा मकर मेला लागिरहेको छ । त्यही मेलाका बीचमा एक साधु भने काँडामा सुतेर प्रायश्चित गरिरहेका छन् ।

हजारौं श्रद्धालु मकर मेलाका लागि इलाहावाद आउने गर्दछन् । कोही पुण्य कमाउन भन्दै मकर मेलामा आउने गर्दछन् भने कोही पाप पखाल्न भन्दै आउने गर्दछन् ।

काँडामा सुतेका यी बाबा भने १८ वर्षको उमेरमा आफूले गरेको पापको प्रायश्चित गर्न भन्दै यो मेलामा आएका हुन् । ५२ वर्षीय बाबा लक्ष्मण रामका अनुसार उनले १८ वर्षको उमेरमा भुलवस् गौ हत्या गरेका थिए । आफ्नो हातबाट गाई मरेपछि त्यसको प्रायश्चितका लागि यस प्रकारको तपस्या गरेको उनको भनाइ छ ।

आगरा निवासी लक्ष्मण राम भन्छन्, ‘काँडामा सुत्दा दुख्छ, तर सहन्छु । माघ र कुम्भ मेलामा वर्ष यहाँ आउँछु, श्रद्धालुले मलाई जे दिन्छन्, त्यो लगेर मथुरामा गाईको सेवा गर्छु ।’