बलिउड स्टार के खान्छन् खाना ? - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बलिउड स्टार के खान्छन् खाना ?



अक्सर बलिउडक स्टार आफ्नो त्यतीमात्र खानेकुरा सेवन गर्छन्, जति आफ्नो शरीरलाई आवश्यक छ । अर्थात उनीहरुको शारीरिक गतिविधी अनुरुप कति पौष्टिक तत्व आवश्यक छ र त्यो कुन कुन स्रोतबाट प्राप्त हुन्छ रु त्यही अनुसार उनीहरुले आफ्नो डाइट चार्ट तयार गर्छन् ।उनीहरुले दिनभर के-के खाने मात्र होइन, कुन खानेकुरा कतिबेला खाने भन्ने सम्म तय भइसकेको हुन्छ । यहि आहार तालिका अनुसार उनीहरु नियन्त्रित खानेकुरा सेवन गर्छन् ।

सलमान खान

सलमान खान मसलेदार भारितय खाना र इटालियन फुड एकदमै मन पराउँछन् । खासगरी पाव भाजी, आइसक्रीम र पिज्जा उनको फेवरेट हो । तर, सलमानको ट्रेनरले उनको डाइट प्लानमा यी सबै खानेकुरा हटाइदिएका छन् । र, नयाँ डाइट चार्ट तयार गरिदिएका छन् ।

– सलमान खान ब्रेक फास्टमा लो फ्याट दुधसँग चार वटा अन्डाको सेतो भाग खान्छन् ।

– वर्कआउट अघि दुई वटा अन्डाको सेतो भाग, एमिनो एसिड ट्याबलेट र प्रोटिन शेक लिन्छन् ।

– वर्कआउटपछि बदाम, ओट्स, तीन वटा अन्डाको सेतो भाग सेवन गर्छन् ।

– मध्यन्हको खानामा सलादसँग सब्जी, पाँच वटा रोटी सेवन गर्छन् ।

– साँझको खानामा प्रोटिन बार, बदाम र नट्स सेवन गर्छन् ।

– रातको खानामा वेगन सुप, माछा वा चिकन, दुई वटा अन्डाको सेतो भाग खान्छन् ।

ऐश्वर्य राय

ऐश्वर्य राय गर्भावस्थामा निकै मोटाएकी थिइन । उनको शरीर भद्दा देखिन्थ्यो । तर, बच्चालाई जन्म दिइसकेपछि उनी पुन पूर्ववत् अवस्थामा फर्किएकी छिन् । यसका निम्ति, व्यायाम, योगा, खानपानमा खास ध्यान दिएकी थिइन् ।

– ऐश्वर्यको आहार योजनामा सामान्यत प्रोटिन, पोषक तत्व र कम वोसोयुक्त खानेकुरा हुन्छ । उनी धेरैजसो उसिनेको सब्जी खान रुचाउँछिन् ।

– नास्तामा उनी एक गिलास पानी वा जुस लिन्छिन् । त्यसपछि टोस्ट लिने गरेकी छिन्, जो ब्राउन ब्रेड र ओट्सले बनेको हुन्छ । उनी दुध पिउन कहिल्यै भुल्दिनन् । दिनमा आठ देखि १० गिलास पानी पिउने गरेकी छिन् ।

– मध्यन्हको नास्ता उसिनेको सब्जी सेवन गर्छिन्, जो पचाउन सजिलो हुन्छ । कहिले कहि उनी एक कचौरा दाल पनि पिउँछिन् ।

– साँझको खानामा उनी एकदमै हल्का खानेकुरा सेवन गर्छिन् । खासगरी एक कप ब्राउन राइस र ग्रिल्ड माछा लिने गर्छिन् । ब्राउन राइसमा उच्चा फाइबर हुन्छ र स्वस्थ्यकर पनि । ग्रिल्ड माछामा प्रोटिन र ओमेगा ३ फ्याटी एसिड हुन्छ ।

– यसबाहेक उनी वोसोयुक्त, तारेको खानेकुरा सेवन गर्दिनन् । बरु, फल, सब्जी, ताजा रस पिउन मन पराउँछिन् ।

प्रियंका चोपडा

अभिनेत्री प्रियंका चोपडा नियमित योग गर्छिन् । मनको शान्ति र स्वास्थ्यका लागि योग महत्वपूर्ण हुने उनको अनुभव छ । आफ्नो सौन्दर्य र शरीरका लागि उनी योग, व्यायाम त गर्छिन् नै, खानपानमा पनि विशेष सर्तकता अपनाउँछिन् । उनी पत्रेदार सब्जी र फल आफ्नो डाइटमा सामेल गर्छिन् ।

– नास्तामा एक गिलास स्किम्ड दुधका साथै दुई वटा अन्डाको सेतो भाग खान्छिन् ।

– मध्यन्हको खानामा दाल र सब्जीका साथ दुई वटा रोटी सेवन गर्छिन् ।

– त्यसपछि उनी नरिवल पानी र ड्राइ फुड्स लिने गर्छिन् ।

– साँझको नास्तामा उनी स्यान्डविच वा अंकुरित सब्जीसँग सलाद सेवन गर्न रुचाउँछिन् ।

– रातको खानामा सब्जीसँग सब्जीको सुप र ग्रिल्ड चिकेन सेवन गर्छिन् ।

दीपिका पादुकोण

दीपिका पनि आफुलाई फिट एन्ड फाइन राख्नका लागि नियमित व्यायाम गर्छिन् । उनी जिम पनि जान्छिन् । दीपिकाको खानपान पनि सन्तुलित र स्वस्थ्य हुने गर्छ ।

– नास्तामा दीपिका कम चिल्लो भएको एक गिलास दुध र दुई वटा अण्डा सेवन गर्छिन् ।

– मध्यन्हको खानामा ग्रील्ड माछासँग सब्जी सेवन गर्न रुचाउँछिन् ।

– त्यसपछि उनी बदाम र फिल्टर कफी रुचाउँछिन् । भोजनको वीचमा ताजा फल र फलको जुस सेवन गर्छिन् ।

– दक्षिण भारितय भएका नाताले उनी सोहि क्षेत्रमा बन्ने खाना रुचाउँछिन् । दीपिका आलु नभएको डोसा र हरियो चटनीको साटो नरिवलको चटनी मन पराउँछिन् ।

– रातको खानामा सब्जीसँग रोटी र सलाद सेवन गर्छिन् । उनी चामल खाँदिनन् ।

आलिया भट्ट

बलिउडकी चुलबुले स्टार आलिय भट्टको स्लिम बडीले सबैलाई लोभ्याउँछ । उनी फिटनेसमा निकै ध्यान दिन्छिन् । आलिया हप्तामा एक दिन आरम गर्छिन् ।

– आलिया नास्तामा भारतिय परिकार पोहा रुचाउँछिन् । यो बिहान खाने महाराष्ट्रको लोकप्रिय परम्परागत व्यञ्जन हो । यससँगै उनी सब्जी सेवन गर्छिन् ।

– मध्यन्हको खानाअघि उनी केहि फल र इड्ली सांभर खान्छिन् ।

– मध्यन्हको खानामा साधरण दाल, सब्जीसँग रोटी सेवन गर्छिन् ।

– साँझको खानामा इड्लीसँग चिया वा कफी लिन मन पराउँछिन् ।

– रातको खानामा दाल वा सब्जी र चिकेनसँग एउटा रोटी खाने गर्छिन्