जुम्लाबाट भारत लैजादै गरेका २० बालबालिकाको उद्धार - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

जुम्लाबाट भारत लैजादै गरेका २० बालबालिकाको उद्धार



जुम्लाबाट भारत लैजादै गरेको २० बालबालिकाको प्रहरीले उद्धार गरेको छ । लामा भाषाको पढाइ गराउने भन्दै भारत तर्फ लैजादै गर्दा लिता गाउँपालिकाबाट पातारासी गाउँपालिकाका २० बालबालिकाको प्रहरीले उद्धार गरेको हो ।

भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बालबालिकालाई बसमा लैजान लागिएको थियो । जुम्लाबाट नेपालगंज जादै गरेको बालबालिकाले खाचाखच भरिएको बसमा शंका लागेपछि उनीहरुलाई सोधपुछका लागि कुडारी प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयमा पठाएको हो । यति धेरै वालवालिकालाई भारत लैजाने कुनै आधार नदेखिएपछि उनीहरुलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले वताउनुभयो ।

उद्धार गरिएका बालवालिका ९ देखि १३ वर्ष उमेर समूहका छन् । बालबालिकालाई लैजाँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।