जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी



मंगल बास्कोटे / लम्की ,कैलाली ।

नेपाल कृषि प्रदान देश भन्ने कुरालाई एउटा भनाईमा मात्र सिमित नगरि प्रभाणीत गरेर देखाउने कैलालीको जोशिपुर गाउँपालिकाका अध्यक्ष राम कृष्ण चौधरीले बताउनु भएको छ ।

कृषि क्षेत्रलाई बलियो आधार बनाउने चाहाना अनुरुप सरकारले बिगतका दिन देखि नै कृषिमा अथाहा बजेट, अनुदानको ओइरो लगाईयो तर त्यो प्रभाबकारी हुन सकेन । कृषिलाई आधुनिकी करण गरेर बढोत्तरी गर्ने कुराहरु गरिरहदा आधुनीकीकरण नाम मात्र हुने र परम्परागत शैलीमा कृषि कार्य गर्दै आएका ब्यक्तिहरुका हातमा हस्तान्तर गर्ने प्रबृतिले गर्दा सोचे अनुरुप कृषिमा सफता पाउन नसकेको बताउनु भयो ।

आ.व २०७५÷७६ मा यस जोशिपुर गाउँपालिमकामा प्रत्यक्ष कृषिलाई आधुनिकीकरण गर्न गाउँपालिकाको प्रत्यक वडाहरुमा एक एक जना कृषि जे.टी.ए को ब्यवस्था गर्ने बताउनु भयो । गाउँपालिमा प्रधानमन्त्रि कृषि आधुनिककिरण लागु भएको र ७ स्थानमा माटो सुहाउदो पकेट क्षेत्र बनाई कृषिमा नमुना गाउँपालिका बनाउने दाबी गर्नु भयो ।

आर्थिक बर्ष २०७४÷७५ मा पुर्वाधार विकासलाई बिशेष प्रथामितामा राखियो र उच्च स्तरिय ग्राबेल सहितको फराकीलो बाटोघाटो, कल्र्भट निर्माण,मठ,मन्दिर, केही ठाउँमा नदि तटबन्धन गरिएको छ भने केही अधुरा पनि रहेका छन आगामि आ.वा मा पुरा हुन्छन । यो आथिर्क बर्षमा समाजिक बिकास तर्फ जति सोचिएको थियो त्यो अनुरुप बिकास गर्न नसकिएको तर शिक्षा,स्वास्थ्य तर्फ केही भए पनि सन्तोषजनक काम गर्न सकिएको बताउनु भयो ।

लक्षितकार्यक्रमहरुमा महिला, आपङ्गताहरुका क्षमता बिकासका,साथै आयआर्जन मुलक कार्यक्रमहरु गरिएका छन । जोशिपुर गाउपालिकामा फोहोरमैला व्यवस्थापन गरि सफा स्वच्छ ,स्वस्थ्य बनाउन डम्पिङ् साईड निर्माणको लागी यो बर्ष नै जग्गा छनौटको काम सम्पन्न भइसकेको छ । खानेपानी, खेलकुद, यातायात, वैकल्पिक ऊर्जाको उपलब्धता, गुणस्तरीय खाद्य पदार्थ जस्ता समाजिक बिकास क्रमश अगमि आर्थिक बर्षमा पुरा हुने छन । आगमी आ.व मा गाउँपालिको गडि देखि लुहागढ सम्म भण्डै ४ कि.मी पिच गर्ने, बौनिया देखि मरियारोड हुदै वडा नं ५ ,रघुनाथ बहुमुखि क्याम्पस,ओखरपुर,लोखरी,घुरी,लक्कड जोड्ने रिङरोड बनाईने बताउनु भएको छ ।

अहिले दिन प्रतिदिन देशका कर्णदार युवा,किसोरहरु लागु औषध दुव्यसनीमा फस्दै गएको डर लाग्दो परिबेसलाई मध्य नजर गर्दै जनचेतना मुलक कार्यक्रम, गर्ने युवा स्वरोजगारका कार्यक्रमहरु सञ्चान गरिने छन । यस क्षेत्रबाट लागु औषधलाई अत्य गर्न प्रहरी संग प्रत्यक्ष समन्वय गरि अगाडी बढ्ने बताउनु भयो ।