नेपालको सुन्दरता अद्भुत छ: अस्ट्रेलियन नेतृ जिंग ली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपालको सुन्दरता अद्भुत छ: अस्ट्रेलियन नेतृ जिंग ली



काठमाडौँ |

नेपाललाई पुननिर्माण गर्न , नेपाल भर्मण गरौ भन्ने मुख्य उदेश्य राखी ८ दिन देखि नेपाल भर्मणमा रहेकी साउथ अस्ट्रेलियन संसाद जिंग ली आज अस्ट्रेलिया फर्केकी छन् । भर्मणको अन्तिम दिन पत्रकारसंग कुरा गर्दै नेपालमा अत्यन्तै रमाएको र रमाउन चाहनेहरुको गन्तब्य नेपाल हो भन्दै खुसि प्रकट गरिन, दुई देशीय सम्बन्ध पहिले देखि नै राम्रो रहेको र यो भर्मणले थप उचाइ प्रदान गर्ने बताउदै उनले भनिन ” नेपाल आफैमा सुन्दर देश हो र नेपालीहरुपनि प्राकृतिक सुन्दरता जसतै सुन्दर रहेछन । उनले नेपालीहरुको प्रसंसा गर्दै थपिन ” लामो दुरी काठमाडौँ , चितवन हुदै बसको यात्रामा जब म पोखरा पुगे त्यहाँको प्राकृतिक सुन्दरताले मलाई मन्त्रमुग्ध गराएको थियो , जुन सुन्दरताको शब्दले बर्णन गर्दा कमि हुन्छ “।14877630_1325899290788003_1767285181_n

ली ले आफु नेपालमा राजनीतिक भर्मणसंगै यहाँको विश्व सुचीमा सुचिकृत सम्पदाहरु , धार्मिक तथा संस्कृतिक क्षेत्रको अवलोकन संगै अनाथालय , स्कुलहरुको भर्मण गरेको बताईन।

८ दिने भर्मण गरेकी उनले प्रधानमन्त्रि पुष्प कमल दाहाल , पर्यटन मन्त्रि जिबन बहादुर शाही , बाणिज्य मन्त्रि रोमी गौचन थकाली , मुख्य सचिब सोमलाल पाण्डे , न्यायाधीश सपना प्रधान मल्ल , नेपालका लागि अस्ट्रेलियन राजदुत ग्लेन ह्वाइट , संसादहरु राम हरि खतिवडा , राजिब बिक्रम शाह , नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपक राज जोशी लगायतका राजनीतिक र प्रसाशनिक क्षेत्रका व्यक्तित्वहरुसंग भेटघाट गरेकी थिईन । भेटघाटमा उनले नेपाल को पुनर्निर्माण र पर्यटन प्रबर्धन सम्बन्धि जानकारी लिएकी थिइन्, पत्रकार भेटघाटमा उनले भनिन “नेपाल सुरक्षित छ, नेपालिहरु आत्मिय छन्, नेपालि खाना स्वादिस्ट छ, प्राकृतिक सुन्दरता हेर्न चाहानेहरुको लागि नेपाल उत्कृष्ट गन्तब्य हो” ।

आठ दिनको भ्रमण कसरि सकियो पत्तै नपाएकी लीले नेपाल बसाइ अद्भुत भएको बताउदै भनिन “संसदमा आफ्नो नेपाल भ्रमण र नेपालि पर्यटन पर्बर्धन बारे सम्बोधन गर्नेछु”।