जिन्दगीमा दुई कुराले ठग्यो भन्छन बैकुण्ठ र पूर्णकला ! आखिर के रैछ ?(भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जिन्दगीमा दुई कुराले ठग्यो भन्छन बैकुण्ठ र पूर्णकला ! आखिर के रैछ ?(भिडियो सहित)



नेपाली लोक सांगीतिक क्षेत्रका बहुप्रतिभावान श्रष्टा तथा गायक बैकुण्ठ महत र पछिल्लो समयमा आधुनिक शैलीमा लोक दोहोरी गाउन खप्पिस गायिक पूर्णकला बिसीको स्वरमा  ‘दुई कुराले ठग्यो’ बोलको गीत सार्वजनिक भएको छ ।

पञ्चेबाजाको उक्त गीतको भिडियो निकै रमाईलो बनेको छ । महतले आफ्ना सदाबहार दौतरी प्रल्हाद सुवेदीसँगको सहकार्यमा वरदान डिजिटलबाट गीत ल्याएका हुन् । पोखरामा निकै चर्चित दीपक थापा र हाँस्य टेलिसिरियलकी चर्चित अभिनेत्री शुशिला निरौला बिम्लीले भिडियोलाई रमाईलो बनाएका छन् ।

याम गुरुङ र आरुषी मगर फिचरिङ रहेको भिडियोको निर्देशन गुरुङ आफैले गरेका हुन् । करन चैसिरले खिचेको भिडियो सम्पादन विष्णु शर्माले गरेका छन्  । अडियो तथा भिडियोलाई बरदान डिजिटलले बजारमा ल्याएको छ  ।

https://youtu.be/S3F0-BLJ-XA