जिफन्टको सांस्कृतिक कार्यक्रम सम्पन्न ,कतारमा पुस्कलले दर्शकलाई झुमाए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जिफन्टको सांस्कृतिक कार्यक्रम सम्पन्न ,कतारमा पुस्कलले दर्शकलाई झुमाए



ओम प्रकाश बानियाँ/दोहा, कतार

श्रमिकहरूको हक हितको लागि आवाज उठाउँदै आएको संस्था जिफन्टले ग्रुप कतारले एक विशेष कार्यक्रम बिच सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

सनैया स्थित डल्ला डाईभिङको सभाहलमा सन्चालित सो कार्यक्रममा विभिन्न देश बाट जिफन्टका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो । पहिलो खन्डमा अपौचारिक कार्यक्रम थियो भने दोस्रो खन्डमा साङ्गीतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

सभापति उज्ज्वल वाकको सभापतित्वमा सन्चालित सो कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बिन्दा पान्डे, विशेष अतिथि र अतिथिहरूमा जिफन्ट सचिव दीपक पौडेल, क्युपेक उप-महासचिव स्मृति लामा, अन्तर्राष्ट्रिय टेड युनियनका महासचिव सरन वुरव, एन. एर. एन. ए मध्य पूर्व अध्यक्ष आर के शर्मा, प्रवासी नेपाली मञ्च अध्यक्ष चानक पोख्रेल, हुसेन खान, विभिन्न जातीय संस्थाका प्रतिनिधिहरू, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बिन्दा पान्डेले जिफन्ट सपोट ग्रुप कतारले यो किसिमको कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । पान्डेले आफ्नो कुरालाई थप्दै भन्नु भयो श्रमिकहरूको हकहितमा म जहिले पनि प्रतिबद्ध छु । पहिला भन्दा अहिले श्रमिकहरूलाई थोरै सहज भएको छ अझै हामी खुकुलो पार्दै लिएर जाने छौँ उहाँले भन्नु भयो । अब नयाँ सरकार गठन भए सँगै सबै समस्याहरू समाधान हुने बताउँदै पान्डेले निस्चिन्त रहन आग्रह गर्नु भयो ।

कार्यक्रमका सभापति कावा. अध्यक्ष उज्ज्वल वाकले सबै अतिथि, विशेष अतिथि, अतिथिहरू, पत्रकार, कलाकार लगायत यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भूमिका खेल्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

सास्कृतिक कार्यक्रम:

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरूले विभिन्न किसिमको नृत्य एवम् गाना गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । कलाकारहरूले आफ्नो चलेको गाना गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

अतिथि एवम् कलाकार सम्मान:

कार्यक्रममा नेपालबाट आएका कलाकार एवम् अतिथिहरूलाई खादा एवम् मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

सो कार्यक्रममा प्रताप त्रिपाठी र लोक दोहोरी गायिका देवीका केसीद्वारा सञ्चालन गरिएको थियो ।