३१ औं झरना कप. न्यू भैरव नवलपरासी सेमिफाइनलमा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

३१ औं झरना कप. न्यू भैरव नवलपरासी सेमिफाइनलमा



बुटवल,२ असोज ।  रुपन्देहीको कुन्जलापुरमा जारी ३१ औं झरना कप नकआउट फुटबल प्रतियोगितामा सोमबार न्यू भैरव एफसी नवलपरासी  बिजयी भएको छ ।

उमा निमावि कुन्जलापुरको मैदानमा सम्पन्न खेलमा न्यू भैरवले सुपौली एफसी सुपौलीलाई  शुन्यका विरुद्ध तीन गोल अन्तरले पराजित गरेको हो ।

न्यू भैरवको जितका लागि मन्दिप थापाले खेलको ५६औं र ६८औं मिनेटमा तथा कान्छा गुरुङले ६९ औं मिनेटमा गोल गरेका थिए । सोमबारको खेलमा न्यू भैरवका जय गुरुङ म्यान अफ द म्याच घोषित भए ।

मंगलबार पहिलो सेमिफाइनल खेलमा झरना स्पोर्टस् क्लब र  युनाइटेड कपिलवस्तुबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सहसचिव मोहन रानाले जानकारी दिए । असोज ६ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले एकलाख ५० हजार र उपविजेताले ८५ हजार तथा सेमिफाइनलमा पुग्ने २ टिमले ११ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।