हल्दिबारी गापाको बजेट रु २७ करोड ५० लाख - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हल्दिबारी गापाको बजेट रु २७ करोड ५० लाख



बनियानी, झापा, १७ कात्तिक (रासस) ः झापाको हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको प्रथम गाउँसभाले रु २७ करोड ५० लाख ३९ हजार ५६५ बराबरको बजेट विहिबार सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

अध्यक्ष लिङ्देनले पाँच वर्षभित्र काठेपुलमुक्त गाउँपालिका बनाउँदै सडकको वर्गीकरण गरेर कालोपत्र गर्ने योजना सुनाउनुभयो । ‘एक वडा एक पर्यटन’को विकास गर्ने बताउँदै उहाँले जलथलको चारकोसे जंगललाई जिल्लाकै नमूना पर्यटकीय क्षेत्र बनाउने अवधारणा अघि सारिएको बताउनुभयो ।

कृषिमा आकर्षण गर्न स्थानीय सहकारी संस्थासँगको सहकार्यमा प्रत्येक वडामा कृषकलाई ट्र्याक्टर उपलब्ध गराउने लक्ष्य रहेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिनुभयो ।