अाज २३ औं जनयुद्ध दिवस - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अाज २३ औं जनयुद्ध दिवस



काठमाडौं । तत्कालीन माओवादी जनयुद्ध लडेका विभिन्न पार्टीमा विभाजित माओवादीहरुले विभिन्न कार्यक्रम गरी देशैभरि तथा विदेशमा समेत जनयुद्ध दिवस मनाउँदैछन् ।

दिवसका अवशरमा केन्द्रिय कार्यालय काेटेश्वर पेरिसडाँडामा हुने कार्यक्रममा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन् । कार्यक्रम बिहान ११ बजे शुरु हुने वाइसीएलले जनाएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)ले अन्तरक्रिया, कोणसभा, टोलसभा गरेर जनताको बीचमा जारी तीन महिने संगठन विस्तार अभियानको क्रममा जनयुद्ध दिवस मनाउँदै छ ।

पार्टीको नेवा राज्यले ललितपुरको कुपण्डोलमा दिउसो एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

२२ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो ।

माओवादीले जनवादी राज्य सत्ता स्थापना गर्ने घोषणा सहित थालेको जनयुद्धका क्रममा करीव १६ हजार नेपालीको ज्यान गएको थियो ।

माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ । २०५२ साल फागुन १ गते आजकै दिन माओवादीले हतियार उठाएर जनताको मुक्तिका लागि भन्दै सशष्त्र युद्ध शुरु गरेको थियो ।

देशभरका सबै तहका कमिटीहरु र विभिन्न दश शहरमा केन्दि्रत भएर दिवस मनाउने निर्णय गरेको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशीखाले जानकारी दिए ।

‘महान जनयुद्दको २३ औं वार्षिकोत्सव भव्य रुपमा मनाऔं, युवा नेतृत्वको विकाससहित वाम गठबन्धनलाई पार्टी एकतामा बदलौं’ भन्ने नाराका साथ दिवस मनाउने निर्णय गरिएको अध्यक्ष दीपशीखाले बताए ।

१० शहरमा दिवसका लागि आयोजित कार्यक्रमको तयारी गर्न इटहरीमापूर्ण भुजेल, वीरगञ्जमा लालेन्द्रकुमार मण्डल, काठमाडौंमा ज्ञानबहादुर गुरुङ्, चितवनमा केहरसिंह कुँवर,पोखरामा विनय थापा, बुटवलमा गंगा कार्की ‘पुजा’, दाङ्मा गणेश शाही, नेपालगञ्जमा रतन शाही, सुर्खेतमा गगनबहादुर मल्ल ‘युनाईटेड’ र धनगढीमा सुरज सिंहलाई जिम्मा दिइएको छ ।

यस्तै दिवसका अवसरमा पेसिडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले उपाध्यक्ष वामदेव गाैतमलगायत विभिन्न नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।