जनसम्पर्क समिति कतारले राष्ट्रिय मेलमिलाप दिवस मनाउने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जनसम्पर्क समिति कतारले राष्ट्रिय मेलमिलाप दिवस मनाउने



ओम प्रकाश बानियाँ/दोहा, कतार

नेपाली काङ्ग्रेस निकट जनसम्पर्क समिति कतारले रास्टिय मेलमिलाप दिवसको अवसरमा बृहत् कार्यक्रम गर्ने भएको छ ।

दोहाको नज्मामा अवस्थित शालिमार रेस्टुरेन्टको सभाहलमा १९ जनवरी २०१८ मा आयोजना हुने सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व भौतिक पुर्बधार एवंम यातायात मन्त्री रमेश लेखक र नेपाली काँग्रेस केन्द्रीय सदस्य पूर्व नेविसंघ केन्द्रीय अध्यक्ष विश्वप्रकाश शर्माको उपस्थिति रहने कुरा जनसम्पर्क समिति कतारका महामन्त्री मोहमद अजिज अलिको आधिकारिक फेसबुक पेजमा उल्लेख छ ।

अलिका अनुसार कार्यक्रम दुई चरणको हुनेछ । पहिलो चरणको आन्तरिक प्रशिक्षण बिहान ८:३० देखि ११: ३० सम्म चल्ने छ भने दोस्रो चरणको शुभकामना आदानप्रदान खुल्ला कार्यक्रम १२:३० देखि ५:३० सम्म चल्ने छ ।