यी डाक्टर अमेरिका बसेर जाजरकोटमा जागिर खान्छन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

यी डाक्टर अमेरिका बसेर जाजरकोटमा जागिर खान्छन



जाजरकोट –

सुन्दै अचम्म लाग्न सक्छ, अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ?

तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर यहाँको सरकारी जागिर गरिरहेको पाइएको छ ।

स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यस्तो अनियमितता फेला परेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

उनी गत बर्ष अमेरिका गएका हुन् । २०७३ अन्त्यसम्म उनको साढे १९ दिन सञ्चित बिरामी बिदा थियो ।

२०७४ बैशाखयता दुईपटक आएर हाजिर गरेर उनी पुनः अमेरिका फर्किएका छन् ।  यस बर्ष बैशाख २५ देखि जेठ ४ गतेसम्म ११ दिन हाजिर गरेर फर्किएका थिए ।

पुनः कार्तिक ६ देखि हाजिर भएका उनी २१ गतेसम्म १६ दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ ।

अन्य अवधिमा घरबिदा, सट्टा बिदा, काज एवं बाटो म्याद उल्लेख गरेर हाजिरी किताब भरेका छन् ।