जाजरकोटमा शक्ति बस्नेत भारी मतले विजयी,गठबन्धनद्वारा क्लिन स्वीप - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

जाजरकोटमा शक्ति बस्नेत भारी मतले विजयी,गठबन्धनद्वारा क्लिन स्वीप



जाजरकोट /मंसिर,२३ ।

जाजरकोटमा पनि वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा जित हात पार्दै वाम गठबन्धनले क्लिन स्वीप गरेको हो ।

प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत फराकिलो अन्तरले विजयी भएका छन् ।

बस्नेतले कांग्रेसका उम्मेदवार राजीवबिक्रम शाहलाई पराजित गरेका हुन् ।

बस्नेतले ३२ हजार २८१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत ल्याएर पराजित भएका छन् ।
त्यस्तै प्रदेश (क) मा वाम गठबन्धनबाटै माओवादी केन्द्रका गणेशप्रसादसिंह ९खगेन्द्रसेन० विजयी भएका छन् ।

सिंहले १६ हजार ९११ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम्मेदवार वेदराज सिंहले १२ हजार ८७८ मत प्राप्त गरे ।

प्रदेश (ख) मा वाम गठबन्धनकै एमालेका करबीर शाही विजयी भएका छन् । शाहीले १५ हजार १८५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गरेर पराजय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ ।