जेलभित्र पनि ‘धर्म'को प्रचार ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जेलभित्र पनि ‘धर्म’को प्रचार !



सुर्खेत– छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र बनाउँदै आएका छन्।

शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीले सयौं अनुयायी जन्माएका छन्। कतिसम्म भने कारागार प्रशासनले विरामी कैदी–बन्दीलाई अस्पताल पु-याएर उपचार गराउनुको सट्टा पाष्टरहरु बोलाएर ‘प्रार्थना’ गर्न लगाउने गरेको छ।

कारागार प्रशासनले पुस्तकालय, सीपमूलक तालिम, खाद्यान्न सहयोग, भौतिक संरचना निर्माणलगायतका नाममा काठमाडौंदेखि पोखरासम्मका चर्चका ‘पाष्टर’ र ‘अनुयायी’ लाई कारागारभित्र निर्वाध प्रवेश दिन्छ। ‘सहयोग’ र ‘प्रेम’बाट कैदी–बन्दीको जीवन परिवर्तन गर्ने भन्दै उनीहरु जेलभित्रै धर्म प्रचार गर्छन्। कैदी–बन्दीलाई प्रार्थना गर्न लगाउँछन्।

जेलभित्र सजाय भुक्तान गरिरहेका कैदी–बन्दी मात्रै होइन् उनीहरुका परिवार र सन्तान खोज्दै प्रभुका अनुयायीहरु घरैसम्म पुग्छन्। त्यहाँ पनि आर्थिक, खाद्यान्न, शैक्षिकलगायतका सहयोगको नाममा आफ्नो सञ्जाल विस्तार गरिरहेका छन्।, यो खबर आजको नागरिक दैनिकमा छ ।