जहाँ महिलाको दुध बेचिन्छ ...... - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जहाँ महिलाको दुध बेचिन्छ ……



महिलाले आफ्नो दूध पनि बिक्री गर्छन भन्दा तपाईँलाई पत्यार नलाग्नसक्छ, तर यो सत्य हो ।

विश्वमा यस्ता देश पनि छन जहाँ महिलाले आफ्नो दूध दुहेर बिक्री गरिरहेका छन् । कम्बोडियाका महिलाले आफ्नो दूध प्रतिलिटर सात डलरमा अमेरिकामा बिक्री गर्ने गरेका छन् । यसरी दूध बिक्री हुने देश हो कम्बोडिया । लामो समय चलेको यो काम केही दिनअघि मात्र स्थानीय सरकारले प्रतिबन्ध लगाएको छ ।

गरिब मुलुक कम्बोडियाका महिलाहरुले दुध बेच्न थालेको लामो समयपछि स्थानीय सरकारले यस्तो कामलाई तत्काल प्रतिबन्ध लगाउन स्थानीय प्रशासनलाई भनेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले मंगलबार महिलाहरुबाट संकलन गरेको दूध बिक्रीमा रोक लगाउन निर्देशन दिएको हो ।

अमेरिकामा कम्बोडियाका महिलाको दूध प्रतिलिटर सात डलरमा खरिद गरेर २० डलरमा बिक्री गर्ने गरिएको थियो । भाइस म्यागेजिनका अनुसार कम्बोडियाका ५० जना महिला यस्तो कार्यमा लागेका थिए । कम्बोडियाका महिलाले दुहेर पठाएको दूध अमेरिकाका बालबालिकाहरुलाई खुवाउने गरिएको थियो ।