स्वास्थ्य चौकीलाई २० लाख बराबरको जग्गादान - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

स्वास्थ्य चौकीलाई २० लाख बराबरको जग्गादान



इलाम,  भदौ २० ।

इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पास्थित दोकानडाँडाको एक परिवारले स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिएका छन् ।

एकतप्पा दोकानडाँडाका अभिनारायण आलेले एकतप्पा स्वास्थ्य चौकीलाई करिब रु २० लाख मूल्य बराबरको जग्गा दान दिएको स्वास्थ्य चौकी इञ्चार्ज नवीनकुमार पौदारले जानकारी दिए ।

आले परिवारले दिएको जग्गालाई नापजाँच गरी स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीयस्तरदेखि केन्द्रसम्म नै पहल गरिने वडाध्यक्ष लोकबहादुर थापाले बताए । रासस