जगदम्बिके भगवती माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न  - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जगदम्बिके भगवती माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न 



गोविन्द बीसी 

बौनिया ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका-३ रानीकुण्डा स्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको अभिभावक भेला सोमबार सम्पन्न भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर चौधरीको सभापतित्वमा भएको भेलामा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम चौधरी रहेका थिए । यस्तै विशिष्ट अतिथिमा वडा नम्बर-३ का वडाअध्यक्ष कर्ण सुनार रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले विद्यालयको बिकासका लागि शिक्षक-अभिभावक नै सचेत र जागरूक हुनुपर्ने बताए । बालबालिकाको भविस्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको भन्दै सबैले सजक र जिम्मेवार हुन आवश्यक रहेको औल्याए । विद्यालयमा त्रिपक्षीय सम्बन्ध राम्रो नभए विद्यालयले प्रगति गर्न सक्दैन”-चौधरीले भने विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक बिद्यार्थी बीचको सम्बन्ध राम्रो हुनुपर्दछ ।  सामुदायिक विद्यालयमा अभिभावकको चासो नहुनुले बालबालिकाको शैक्षिक बिकासमा समस्या हुने गरेको चौधरीले बताए । विद्यालयका आ-आफ्नै समस्या छन् तर, बोर्डिङ स्कुलमा अभिभावकले चासो राख्नु सरकारी विद्यालयमा चासो नराख्नुले बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउन गार्‍हो भएको अनुभव आफुले लिएको उनले बताए ।

भेलाबाट विद्यालय प्रधानाध्यापक नेत्र बहादुर खड्काले प्रस्तुत गरेको आर्थिक बर्ष २०७१/०७२ को ६३ लाख ८७ हजार २ सय ५० रुपैयाँ  र २०७२/०७३ को ७४ लाख ९२ हजार ९ सय ५९ रुपैयाँ ६६ पैसा बराबर आय-ब्यय अनुमोदन गरिएको छ । यस्तै, सोही भेलाबाट नन्दाराम बिष्टको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ ।

विद्यालयका शिक्षक ऋषिराज सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा बर्दगोरिया गाउँपालिका न्यायिक समिति सदस्य टंकराज ओली, कार्यपालिका सदस्य कोकिला खत्री, लालिगुरास सामुदायिक वनका अध्यक्ष भिम बहादुर कुवर, दानुफाटा नमूना सामुदायिक बन उपाध्यक्ष प्रकाशराज भारती, रानीजरुवा सामुदायिक बन समितिका अध्यक्ष लालसिङ बिश्वकर्मा, न्यू लालिगुरास ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष भुपेन्द्र रास्कोटी, शिवशक्ती  ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष डम्बरा घर्तीमगर, साइनिङ स्टार यूवा क्लबका अध्यक्ष गजेन्द्र बोहरा, रामजानकी मन्दिर संरक्षण समितिका अध्यक्ष शिवराज गौतम लगायतको उपस्थिति रहेकोे थियो ।

कार्यक्रमको संचालन विद्यालयका लेखापाल गोविन्द बीसीले गरेका थिए ।