जनताको भावनाको ठिक विपरित ल्याइएको पांच नम्बर प्रदेशको सिमाङकन हेरफेर माग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जनताको भावनाको ठिक विपरित ल्याइएको पांच नम्बर प्रदेशको सिमाङकन हेरफेर माग



हिमाल पोष्ट / २४, मङ्सिर बुटवल ।

अखण्ड पांच नम्मर प्रदेश दवाव अभियान,लुम्बिनीले आज एक प्रेस विज्ञक्ती निकाल्दै  जनताको भावनाको ठिक विपरित ल्याइएको पांच नम्मर प्रदेशको सिमाङकन हेरफेर माग गरेको छ ।

सम्वन्धी प्रस्तावको जनताले सडकमा उत्रिएर जावाफ दिएका छन् । सडकमा निश्किएका लाखौ लाख जनता पांच नम्मर प्रदेशललाई अखण्ड राख्नु पर्छ भन्ने पक्षमा देखिए प्रेस विज्ञक्ती जारी छ ।

त्यसैले सरकारले यो विषयमा पुर्नविचार गर्नेछ भन्नेमा हामी पुर्ण विश्वस्त छौ ।

अदालतले पनि यसको कारण संविधान सभाका सभामुख र प्रधानमन्त्री संग मागीसकेको अवस्थामा जनताको पक्षमा अदालत समेत देखिएको अभास हामीले गरेका छौ । अशा छ अदालतले पनि पांच नम्मर अखण्ड राख्नु पर्छ भन्ने जनताको भावनाको उच्च कदर गर्नेछ ।

साथै अखण्ड पांच नम्मर प्रदेश कायम गर्नु पर्ने भन्दै बुटवलसहित गुल्मी अघांखाची पाल्पा लगायतका जिल्लामा भैरहेको आन्दोलनमा हाम्रो पुर्ण ऐक्यवद्धता समेत रहेने  अखण्ड पांच नम्मर प्रदेश दवाव अभियान,लुम्बिनीका विष्णु पोख्रेल संयोजक बताए ।

हाम्रो यो अभियानले पनि जनचाहना अनुशार नै दवाव मुलक कार्यक्रमहरु जारी राखेका छौ । यसरकार यस कदमबाट पछि नहटेको खण्डमा हामी फेरि सडक आन्दोलनको आंधेवेहीरी श्रृजना गर्ने कुरा राख्न चाहान्छौ ।

साथै जनाको चाहना बमोजिक हरेक खालका आन्दोलन र दवाव मुलक कार्यक्रम ल्याएर हामीले यसललाई अटुट पांच नम्मर प्रदेश का लागि अन्तत लडिरहने यसै विज्ञक्ती मार्फत जाहेर गरेका छन् ।