आई. पि. एल. मा सट्टाबाजी गर्ने पक्राउ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आई. पि. एल. मा सट्टाबाजी गर्ने पक्राउ



आई. पि. एल. मा सट्टाबाजीमा पैसा लगानि गरेमा पैसा तेब्बर हुने प्रलोभन देखाइ पैसा लिने अमृत ९ गते पक्राउ परेका छन् । धनुषा जिल्ला, जनकपुर न.पा. वडा नं. ३ घर भई का.जि.का.म.न.पा.–४, पानीपोखरी बस्ने अमृत भन्ने नथमल अग्रवालले भारतमा चलेको आई. पि. एल. क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेव्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी ललाई फकाई प्रलोभन देखाई बिश्वासमा पारी जम्मा रु. दुई करोड चालिस लाख ठगी गरेर फरार भएका थिए । उनलाई महानगरिय अपराध महाशाखा, टेकुको विशेष टोलीले ०९ गते का.जि.का.म.न.पा.–४, पानीपोखरीबाट पक्राउ गरेको छ ।

उनले महोत्तरी मनरासिसुवा न.पा. वडा नं.२ घर भई हाल का.जि.का.म.न.पा.–७ सिफल बस्ने राकेश सिंह लगाएतका व्यक्तिहरुबाट पैसा तेब्बर हुने प्रलोबन देखाई पैसा लिएर फरार भएका थिए । यसरी पैसा लिएर मान्छे फरार भएपछि महाशाखामा उजुरी परेको थियो । अग्रवाललाई मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार मुद्दा चलाईएको छ । उक्त ऐन अनुसार ठगी गर्नेलाई ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रहरी उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीका अनुसार अग्रवाललाई थप अनुसम्धानका लागि राखिएको र अन्य जानकारी आउन अझै बाँकी रहेको छ ।