आईपिएलको अन्तिम दिन:आज सन्दीपले मच्चाउलान त धमाका ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आईपिएलको अन्तिम दिन:आज सन्दीपले मच्चाउलान त धमाका ?



काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सले लिग चरणको अन्तिम खेल आज मुम्बई इन्डीयन्ससँग खेल्दैछ ।

आईपिएलको प्लेअफमा स्थान बनाउन चुकेको दिल्लीले कुनै दबाब बिना यो खेल खेल्नेछ भने मुम्बईलाई गर वा मरको स्थीती छ । मुम्बईले जितेको खण्डमा प्लेअफ खेल्ने मौका पाउँछ ।

आईपिएलको अक्सनमा आधार मुल्य भारु २० लाखमा खरिद गरिएका सन्दीप लामिछानेलाई दिल्ली टोलीले सुरुको ११ खेल सम्म बेन्चमा राखेपनि पछिल्लो दुई खेलमा खेलाएको छ । सन्दीपले पनि बल्ल बल्ल पाएको मौकाको सदुपयोग गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

पहिलो खेलमा बेंगलोर विरुद्ध ४ ओभरमा १ विकेट लिने क्रममा २५ रन दिएका थिए भने चेन्नईसँग अझै तथ्याङ्क सुधार गर्दै ४ ओभरमा १ विकेट लिंदै २१ रन दिएका थिए । सन्दीपले पार्थिव पटेल र सुरेश रैनाको विकेट लिएका हुन् ।

दिल्लीले अन्तिम खेल पनि दिल्लीकै घरेलु मैदान फिरोज साह कोट्ला मैदानमा खेल्ने भएकोले सन्दीपको पछिल्लो खेलहरुको प्रदर्शनले गर्दा स्थान बनाउन गाह्रो नपर्ने देखिन्छ । सामान्यतः कुनै खेल जितिसकेपछि जित्ने टोलीको खेलाडि परिवर्तन गरिराख्नु पर्दैन तथापी ४ विदेशी खेलाडि खेलाउन पाउने नियम वावजुद दिल्लीले अघिल्लो खेलमा ३ विदेशी खेलाडि मात्र खेलाएको थियो ।

चौथो विकल्पको रुपमा विदेशी अलराउन्डर खेलाउने गरेको भएपनि बलर अवेश खानलाई मौका दिएको थियो । उनको व्यक्तिगत प्रदर्शन उत्कृष्ट नभएकोले दिल्लीले एक मात्र परिवर्तन गर्ने अवस्थामा उनको स्थानमा कुनै विदेशी खेलाडि ल्याउन सक्छ ।

तथ्याङ्क केलाएर हेर्दा दिल्लीको स्पीनरहरुले सुरुको ११ खेलमा प्रतिओभर ८.४५ रन दिएराखेका थिए र औसतमा प्रत्येक ६.६ बलमा एउटा बल चौका/छक्का हुने गरेको थियो ।

सन्दीप लामिछानेको आमगन पछि दिल्लीको स्पीनरको उक्त आँकडामा सुधार आएको छ । अहिले दिल्लीको स्पीनरको औसत रनखर्च प्रतिओभर ६.२८ छ भने विपक्षीले औसतमा एउटा चौका/छक्का प्रहार गर्न ९.८ बल कुर्नु परेको छ ।

त्यस्तैगरी सन्दीपले हालसम्म प्रतिओभर ६ रन भन्दा कम खर्च गरेको छन् भने कुल ८ ओभर बलिङ गरेको उनले जम्मा १ चौका र २ छक्का मात्र खर्चिएका छन् ।

दिल्लीको सम्भावित ११ः
पृथ्वी शा, श्रेयस आइयर (कप्तान), रिसभ पन्त (विकेटकिपर), ग्लेन म्याक्सवेल, विजय शंकर, अभिशेक शर्मा, अवेश खान/लियाम प्लन्केट/डेनियल क्रिश्चीयन, हर्शल पटेल, अमित मिश्रा, ट्रेन्ट बोल्ट, सन्दीप लामिछाने ।

दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डीयन्स बिचको खेल नेपाली समय अनुसार आज दिउँसो ४ः१५ मा सुरु हुनेछ ।