आइफोन एट मा कुनैपनी बटन नहुने, के के छन फिचर हेर्नुहोस ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आइफोन एट मा कुनैपनी बटन नहुने, के के छन फिचर हेर्नुहोस !



 

हिमालपोष्ट/काठमाडौ,२८ माघ

एप्पलको दशौँ वाषिर्कोत्सवमा सार्वजनिक गर्न लागेको भनिएको आइफोन “एट” अत्याधुनिक फिचर्स तथा इनोभेटिभ डिजाइन हुने बताइएको छ।

आइफोन एटमा हुने फिचर र बनावटको हिसाबले यो फोन हाल सम्मकै महंगो हुने अनुमान गर्न थालिएको छ।

आइफोन एटमा एज टू एज ओएलइडी डिस्प्ले र थ्री डी सेन्सिंग जस्ता अत्याधुनिक प्रविधि को कारणले १ हजार डलर भन्दा बढि पर्न सक्ने अनुमान गरिएको छ ।

प्रयोग हुने प्रबिधी र बनावटकै कारण यसको मूल्य अन्य आइफोन भन्दा दोब्बर हुने पक्का छ ।

एप्पलले नयाँ आइफोनको नाम सार्बजनिक गरेको छैन, र आइफोन एट नै यसको नाम हुन्छ भन्ने पनि अड्कल मात्र गरिएको छ।

यो फोन ५.८ इन्चको डिस्प्लेयुक्त आइफोन एटमा आइफोन सेभेन प्लसमा जस्तै डुअल लेन्स क्यामरा हुनेछ ।

रोचक कुरा त के छ भने नयाँ बन्ने फोनमा कुनै पनि बटन रहने छैन डिस्प्ले बाटै कन्ट्रोलिङ गर्ने नयाँ सिस्टम हुने छ। त्यस्तै एप्पलले आइफोनका साइडका बटनहरुलाई पनि टच सेन्सेटिभ बटनले प्रतिस्थापित गर्न छ।