आइओएम डिनमा फेरि चलखेल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आइओएम डिनमा फेरि चलखेल



सम्बन्धन र कलेजमा सिट निर्धारणका लागि हुने चलखेलका कारण अस्थिर बनेको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन नियुक्तिमा सर्वोच्च अदालतको फैसलाको आडमा फेरि नयाँ नियुक्तिका लागि चलखेल सुरु भएको छ ।

चार बर्षदेखि बर्खास्तीमा परेर चार दिन कार्यकाल बाँकी रहेका पूर्व डिन डा. शशी शर्माको पदावधीसमेत सकिन एक दिन बाँकी रहँदा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी फेरी आफूअनुकुलको डिन ल्याउने चलखेलमा देखिएका छन् ।

डा. शर्माको कार्यकाल बिहीबार सकिँदैछ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

यसबीचमा अदालतले शर्माको पूनर्बहालीसँगै अर्का डिन डा. जगदीश अग्रवालको नियुक्ति समेत कानुनसम्मत ठहर गरे पनि त्रिवि पदाधिकारीले पूरानोको पूनर्बहालीसँगै अग्रवालको प्रतिस्थापन भएको अर्थ लगाएका छन् ।

त्रिवि उपकुलपति डा. तीर्थ खनियाँले एकै पटक दुई डिन हुन नसक्ने भन्दै सार्वजनिक रुपमै डा. अग्रवालको ठाउँमा नयाँ डिन नियुक्ति गर्ने बताइसकेका छन् ।