हाम्रो फेयरमा बिद्यार्थी र अभिभावक समेत सहभागी हुन सक्छन् - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

हाम्रो फेयरमा बिद्यार्थी र अभिभावक समेत सहभागी हुन सक्छन्



बुटवलको पुष्पलाल पार्क नजिकै रहेको डल्फीन एजुकेशन कन्सलटेन्सीले फागुन २५ गते शनिबार अष्ट्रेलियन एण्ड न्युजिल्याण्ड एजुकेशन फेयर २०१८ को आयोजना गरेको छ । बुटवल कालिकानगरमा रहेको क्लव डेनोभोमा हुने उक्त फेयरको बोरेमा संस्थाका प्रबन्ध निर्देशक शुनिल जोशी संग हिमाल पोष्टका सह–सम्पादक आचार्य प्रदिपले तयार पारेको कुराकानीको केही अंश.

डल्फीन कन्सलटेन्सी के हो ?
बुटवलमा कन्सलटेन्सीको व्यवसाय शुरु गराउने संस्था नै डल्फीन एजुकेशनल कन्सलटेन्सी हो । यो कन्सलटेन्सी बुटवलकै जेठो कनसलटेन्सी हो । मुलत अध्ययनको लागी बिदेश जाने बिद्यार्थीहरुको लागी सहजकर्ताको भुमिका निर्वाह गर्नको लागी यसको स्थापना सन २००३ मा भएको हो । हामीले स्थापना काल देखि नै अष्ट्रेलीया र न्युजिल्याण्ड अध्ययनको लागी जान चाहेका बिद्यार्थीहरुको लागी सहजीकरण गर्दै आईरहेका छौँ । कुन कलेजमा पढ्ने, कस्तो कोर्ष पढ्ने, भिषाको प्रोसेसिङ के हुन्छ लगायतका कुराहरुको जानकारी गराउनु नै हाम्रो कुख्य उद्देश्य हो । हामीले नै कन्सलटेन्सी ब्यवसायलाई रेपुटेड ब्यवसायको रुपमा ल्याउन निकै सहयोग ग¥यौँ ।

तपाईहरुले आयोजना गर्न लागेको अष्ट्रेलियन एण्ड न्युजिल्याण्ड एजुकेशन फेयर २०१८ को मुख्य उद्देश्य के हो ?
यो फेयर बिशुद्व अध्ययनका लागी अष्ट्रेलियन एण्ड न्युजिल्याण्ड जान चाहेका बिद्यार्थीहरुको लागी आयोजना गरिएको फोयर हो । यसमा हामीले बिद्यार्थीले अध्ययन गर्न चाहेको ईन्टीच्युट संग प्रतक्ष भेट गराएर उसले पाउने सेवा सुबिधाको बारेमा जानकारी गराउने छौँ । संगै उसले कस्तो कोर्ष गर्ने कसरी गर्ने भन्ने द्वुुबिधा हटाउन पनि यो मेला महत्वपूर्ण सबित हुने छ । बिद्यार्थीहरुले कन्सलटेन्सीले भनेको भन्दा धेरै कुराहरु आफु जान लागेको वा चाहेको ईन्टीच्युटको बारेमा थाहा पाउने छ ।

फेयरमा कति ईन्टीच्युट सहभागी छन् ?
हामीले २ वर्ष अगाडि पनि फेयर सञ्चालन गरेका थियौँ । तयति बेला अष्ट्रेलियाका ईन्टीच्युटलाई लिएर आएका थियौँ भने यो पटक अष्ट्रेलियन एण्ड न्युजिल्याण्डका ईन्टीच्युट र युनिभर्सिटिलाई लिएर आएका छौँ । हामी संग यो फेयरमा १५ वटा ईन्टीच्युट रहेका छन् । जसमा १२ वटा अष्ट्रेलियाका रहेका छन् भने ३ वटा न्युजिल्याण्डका रहेका छन् । संगै ४ वटा युनिभर्सिटि पनि रहेका छन् । यो मेलामा १ हजार भन्दा बढि दर्शकको अपेक्षा हाम्रो रहेको छ ।
अन्त्यमा, यो मेला बिद्यार्थीको मात्र मेला होईन् । हाम्रो फेयरमा बिद्यार्थी र अभिभावक समेत सहभागी भएर आफ्ना सन्ततीले अध्ययन गर्न जान चाहेका बिद्यालयको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् । यो मेलामा आएका बिद्यार्थीहरुलाई ५० प्रतिशत आईएलटिएसमा छुटको ब्यवस्था र भिषा प्रोसेसिङमा सहुलितको समेत ब्यवस्था रहेको छ । त्यसैले सबैको लागी उपयोगी छ । त्यसैले सबै सहभागी भई फेयर सफल पार्न आग्रह गर्दछु ।