ईन्द्र जात्रा कार्यक्रमको अन्तिम तयारीमा गुठि - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ईन्द्र जात्रा कार्यक्रमको अन्तिम तयारीमा गुठि



 

एडीलेड – वर्षाका देवता देवराज इन्द्रको पूजाआराधना गरी मनाइने इन्द्रजात्रा पर्व पहिलो पल्ट परम्परागत रुपले साउथ अस्ट्रेलियामा मनाइँदैछ। वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा नेपालमा काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ। बिस्तारै नेपालसँगै अहिले बिदेशी भूमिमा समेत कार्यक्रमहरु हुन थालेको छ ।

नेपालमा भाद्र शुक्ल द्वादशीमा काठमाडौँको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने जात्रा साउथ अस्ट्रेलियाको एडीलेडमा द्वादशी कै दिन सेप्टेम्बर ३ तारिकको दिन दिउसो १२:३० देखि बजे देखि बेलुका ५ बजे सम्म गुठि साउथ अस्ट्रेलियाको आयोजनामा हुदै छ। कार्यक्रमलाई सफलता पुर्बक सम्पन्न गर्न बिशेष रुपमा तयारी गरिरहेको गुठि साउथ अस्ट्रेलियाका उपाध्यक्ष मनोज श्रेष्ठले बताए।

यस प्रकारका कार्यक्रमहरुले नेपालमा रहेका अनोमल प्राचिन सांस्कृतिक , सम्पदाहरुहरुलाई समेत यहाँको समुदायमा चिनाउन सकिने श्रेष्ठ बताउछन ।
कार्यक्रममा नेपाली मात्र नभएर यहाँका कुटनीतिक , राजनीतिक क्षेत्र व्यक्ति सहित साउथ अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायको समेत उपस्थिति रहने श्रेष्ठले जानकारी दिए । उनले भने ” हाम्रो संस्कृति रितिरिवाजलाई साउथ अस्ट्रेलियाबासिहरु बिच चिनाउने एउटा प्रयास गर्दैछौ ईन्द्र जात्रा कार्यक्रमको माध्यम बाट। ‘ यस प्रकारका कार्यक्रमहरुले नेपाल भित्रका रितिरिवाजहरुको संवर्धन गर्दै नेपालको पर्यटन विकासमा टेवा पुग्नुका साथै विदेशमा हुर्किदै गरेको दोश्रो पुस्ताले समेत आफ्नो सांस्कृतिको बारेमा सिक्ने मौका पाउनेछ । “कार्यक्रममा कुमारी, लाखे , धिमे बाजा , समयबजी बाजी , नेवारी नृत्यहरु सहित विभन्न कार्यक्रमहरु समाबेश गरिएको गुठिले बताएको छ।