भारतीय सर्वोच्च अदालतको वेबसाइट ह्याक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भारतीय सर्वोच्च अदालतको वेबसाइट ह्याक



नयाँ दिल्ली (भारत) । बिहीवार भारतको सर्वोच्च अदालतको वेबसाइट केही समयका लागि ह्याक भएको छ । यसमा ब्राजिलको कुनै ह्याकर समूहको हात रहेको दाबी गरिएको छ ।

वेबसाइट ह्याक भएपछि यसको पेजमा हाइटेक ब्राजिल ह्याकटिम लेखिएको थियो । यसअघि अप्रिल ६ मा भारतको रक्षा मन्त्रालयको वेबसाइट पनि ह्याक भएको थियो ।

केही समयपछि भने वेबसाइट ह्याक भएको नभई प्राविधिक कमीकमजोरीका कारण डाउन भएको समाचार आएको थियो । एजेन्सी