आइबोस नेटवर्किङ काण्ड: युनिटीका शिवाकोटी फेरी पक्राउ ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आइबोस नेटवर्किङ काण्ड: युनिटीका शिवाकोटी फेरी पक्राउ !



काठमाडौं- नेपालमा केहि समय अगाडी प्रतिबन्ध लगाइएको नेटवर्किङ बिजनेसमा अझै पनि उपभोक्ताहरु ठगिने क्रम कायम छ। कहिले शक्तिको आधारमा खुल्लम खुल्ला त कसैले लुकिछिपी कारोबार गरिरहेकै छन् ।

मङ्गलबार प्रहरीले आइबोस भन्ने कम्पनीमा छापा मारेर अनलाइन मार्केटिङको नाममा नेटवर्किङ बिजनेस सञ्चालन गरेका केहि व्यक्तिलाई पक्राउ गर्यो । ठगीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआइबीले राजधानीको चुच्चेपाटीमा रहेको आई बोस ग्लोबल मार्केटिङको कार्यालयमा छापामा मारी सन्चालकसहित सात जनालाई मुद्दा पनि चलाएको छ।

पक्राउ पर्नेमा काभ्रेका ३५ वर्षीय राजकुमार दंगाल, भक्तपुरका ४३ वर्षीय नारायण शिवाकोटी, रामेछापका २५ वर्षीय भक्तबहादुर नेपाली, रामेछापकै २५ वर्षीय रविन नेपाली, सोलुखुम्बुका २० वर्षीय प्रदिप राई, रामेछापकै २७ वर्षीय तिर्सना सुनुवार र रामेछापकै २५ वर्षीय पूर्ण बहादुर श्रेष्ठ छन्। दंगाल सञ्चालक हुन्।

दंगाल र उनको समुहले अत्यधिक महङ्गो मुल्यमा सामान बेचेको, पिरामिड शैलीमा नेटवर्किङ गरेको, प्रतिबन्ध लगाइएको ब्यापारको सञ्जाल देश, बिदेशमा फैलाएको र अनावस्यक सपना देखाएर ठगी गरेको भेटिएको प्रहरीले जनाएको छ ।

२०७३ साल पुसमा यो कम्पनी दर्ता भएको थियो। अनलाइनबाट सोझै सामानहरु बिक्री गर्न भनी स्थापना भएको ‘आई बोस’ले पिरामिड शैलीमा नेटवर्किङ बिजनेस गर्ने गरेको सीआईबी प्रवक्ता जीवनकुमार श्रेष्ठले भनेँ। प्रहरीका अनुसार १५ हजार ८ सयदेखि ८० हजारसम्म सदस्यता शुल्क लिइन्थ्यो। त्यसबापत सदस्यहरुले विभिन्न सामान पनि पाउँथे।

‘आफूले बनाएका सदस्यबाट कमिसन त आउँथ्यो नै, ती नयाँ सदस्यले सदस्य बनाएबापत पनि कमिसन आउने गर्छ। सदस्यहरुलाई दिने सामान समेत उनीहरुले तिरेको पैसाभन्दा करिब आधा मूल्यको पाइएको छ। ती सामानको गुणस्तर र कसले उत्पादन गर्‍यो भन्नेमा पनि अनुसन्धान गरिरहेका छौं’, एसपी श्रेष्ठले भनेँ।

सीआइबीका अनुसार शिवाकोटीले पाँच हजार ८ सय ८९ , भक्तले दुई सय ५०, रविनले एक हजार ३२, प्रदिपले तीन सय एक, तीर्सनाले दुई सय र पूर्णले एक सय २१ सदस्य बनाएका थिए। एसपी श्रेष्ठ भन्छन्, ‘शिवाकोटी एक्लैले सबै सदस्य बनाएका हैनन्। उनले बनाएका सदस्यले सदस्यता बढाउँदै जाँदा सिवाकोटीको भागमा संख्या बढी भएको हो। हरेक सदस्यबाट उनको भागमा कमिसन गएको छ। यस प्रकारको बिजनेसमा पिरामिडको तल पर्नेहरु ठगिन्छन्।’