हिंसा पिडित महिलाहरुका लागि ५ दिने बाख्रा पालन तालिम सुखडमा सुरु - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

हिंसा पिडित महिलाहरुका लागि ५ दिने बाख्रा पालन तालिम सुखडमा सुरु



विशाल पाण्डेय
सुखड , कैलाली । कैलालीको घोडाघोडिनगरपालिका- १ सुखडमा सोमबारदेखि घरेलु हिंसा पिडित महिलाहरुका लागि ५ दिने बाख्रा पालन तालिम सुरु भएको छ ।

घरेलु हिंसामा परेका महिलाहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउनका लागि यो तालिमको आयोजना गरिएको तालिम ब्यवस्थापक पुस्प जोशीले जानकारी दिनुभयो । ” यस अघि पनि मार्बल , टायल फिटिङ्ग गर्नको लागि तालिम दिइएको थियो तर महिलाहरु धेरै सहभागी नभएपछि बाख्रा पालन तालिम तर्फ महिलाहरु उत्साहित भएको हुनाले यो तालिमको आयोजना गरेको जोशीले बताउनु भयो ।

आफुले पालेका बाख्राहरुलाइ दिर्घकालिन समय सम्म बचाउन सक्ने र केही बिरामी पर्दा भ्याक्सिन सम्म लगाउन सक्ने हुने तालिम सिकाइने तालिम ब्यवस्थापक जोशीले जानकारी दिनुभयो । तालिम पश्चात् सहजताका लागि बाख्राको खोर ब्यवस्थापन समेत गरिदिने जोशीले बताउनु भयो । तालिम दिइसकेपछी बर्ष भरी अनुगमन हुने र समय समयमा ट्रेनिङ दिइरहने समेत जोशीले बताउनु भयो ।

एक्सन फर डेभलपमेन्टले आयोजना गरेको महिला आर्थीक सशक्तीकरण कार्यक्रम अन्तर्गत तालिमको पहिलो चरणमा २०० जनालाइ आत्मनिर्भर बनाउने लक्ष्य रहेको र पहिलो चरणमा दिएको तालिम सफल भयो भने दोस्रो चरण्मा ३०० जनाको लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ ।

केही दिनपछी ठेलागाढा तालिम पनि सुरु गरिने आयोजकले जनाएको छ । प्लम्बिङ्को तालिम पनि १७ जनालाइ अर्को हप्ता भित्र कैलाली जिल्लामा सुरु गर्ने कार्यक्रम ब्यवस्थापक जोशीले जानकारि दिनुभयो ।

तालिम लिइ कन्चनपुरको गुलरिया र कृष्णपुरमा १० / १० जनाको समुहमा किसानहरु तरकारी खेती गरि आत्मनिर्भर बनेको र अब केही साताभित्रै कैलालीको चौमालामा पनि ७ जनालाई प्लम्बिङको तालिम
दिइने आयोजकले जानकारी दिएको छ ।

आयोजकले प्रदेश नं ७ का कैलाली ,कञ्चनपुर , बझाङ गरि ५ ओटा जिल्लामा हिंसा पिडित महिलाहरुलाइ आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रमहरु गरिरहेको आयोजकले बताएको छ । गौरिगङ्गा नगरपालिका र घोडाघोडि नगरपालिका गरि ४० जनाको सहभागिता रहेको तालिमको प्रशिक्षण वीर बहादुर ठकुल्ला र ओम आचार्यले दिइरहनु भएको छ ।