हिन्दूराष्ट्रबारे जनमतसंग्रह गर : राप्रपा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

हिन्दूराष्ट्रबारे जनमतसंग्रह गर : राप्रपा



काठमाडौं, असोज ६ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनसँगै हिन्दूराष्ट्रबारे जनमतसंग्रह गर्नुपर्ने माग गरेको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी राप्रपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राजसंस्था तथा पूर्णसमानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्न मागसमेत गरेको हो ।

राप्रपाले सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन असोज २१ गते जिल्ला सदरमुकामहरुमा जुलुस र सभा गर्ने तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने पनि जनाएको छ ।