हिजो मलाई राख्ने दिलमा बोलको आधुनिक गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हिजो मलाई राख्ने दिलमा बोलको आधुनिक गीत सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो नेपाली गीत सङ्गीतको बजारमा अत्यधिक चर्चित मोडल बिमल अधिकारीले अभिनय गरेका म्युजिक भिडियोहरु श्रोता दर्शकले अत्यधिक रुचाएको हामीले पाएका छौ । एक पछि अर्को म्युजिक भिडियोमा उत्कृष्ट अभिनय गर्दै आएका बिमलको फेरी अर्को आधुनिक गीत “ हिजो मलाई राख्ने दिलमा ” बोलको म्युजिक भिडियो केही समय अगाडि मात्र सार्वजनिक भएको छ ।

लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको यो गीतमा सागर बिरही र इमान मगरको मन छुने शब्द सृजनालाई सागर बिरहिले नै सङ्गीत भरेका छन् । आफूलाई माया गर्ने मान्छेले नै घात गरेपछि भोग्नु परेको पिडालाई गीतमा देखाउन खोजिएको छ । गीतको म्युजिक भिडियो कपिल लामाले निर्देशन गरेका छन् भने राजेश घिमिरेको छायाङ्कनमा निशान धिमिरेको सम्पादन रहेको छ । भिडियोमा बिमल अधिकारी को प्रेमीको रूपमा चर्चित मोडल संम्पदा बानियाँले साथ दिएकी छन् ।

गीतलाई भावना म्युजिक सलुसन प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।