हेटौंडाका मेयरले बन्दुक देखाएर गाउँलेलाई कुटे ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

हेटौंडाका मेयरले बन्दुक देखाएर गाउँलेलाई कुटे !



 काठमाडौं ।

हेटौंडा उपमहानगरपालिकाका मेयरले आफ्नै छिमेकमा भैलो खेलिरहेको टोलीलाई बन्दुक देखाएर कुटपिट गरेका छन । मदिरा लागेर बेहोस जस्तै पारामा मेयर हरिबोल महतले भैलो टोलीलाई कुटपिट गरेका हुन ।

बिहीबार राति हेटौंडाको सिँचाइ टोलकी एक प्रहरीको घरमा देउसी भैलो खेलिरहेका स्थानीय समूहलाई मेयरले बन्दुक देखाएर कुटपिट हुन् ।

सुरुमा फिल्मी शैलीमा गेटमा लात्तले हाने, त्यसपछी कम्पाउण्ड भित्र छिरेर मेयर महतले बन्दुक तेर्स्याएका थिए ।सिँचाइ टोल महतको आफ्नै घर भएको टोल हो । स्थानीय राज्यकुमारी चौंलागाइँको घरमा भैलो खेलिरहेका करिब २५ जनाको समूहमाथि महतले बन्दुक देखाएका हुन् । घरधनी चौंलागाई आफैं पनि पूर्वप्रहरी हवल्दार हुन् ।

भित्र गएर पनि मेयर महतले ‘राइफल’ देखाएपछि भैलो खेल्नेहरुको भागाभाग भएको स्थानीयले बताए । महतले मादक पदार्थ सेवन गरेका कारण नै घटना भएको उनीहरुको आरोप छ ।

घटनामा महतले १७ वर्षीय सुनिल राईलाई कुटपिट गर्दै देउसे टोलीले लगेका स्पीकरसमेत तोडफोड गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

घटनाको भिडियो आफुहरुसंग रहेको स्थानियहरुले बताएका छन् ।

गाउँकै घटना भएकोले प्रहरीलाई उजुरी नदिएको स्थानीयले बताए । माफी मागेनन भने प्रहरीकहाँ पनि जाने तयारी रहेको गाउँलेले बताए ।