हेलिकोप्टर दुर्घटना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हेलिकोप्टर दुर्घटना



मस्को। रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो दुर्घटनामा परी दुई जना चालकको ज्यान गएको जानकारी दिएको समाचारमा जनाइएको छ ।

रुसी समाचार समिति इतार तासले जनाएअनुसार उक्त दुर्घटनाको कारण प्राविधिक गडबढी हुनसक्ने अनुमान गरिएको छ । सिरियामा यसै हप्तामात्र यो दोस्रो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।

यसअघि गत मे ३ मा पनि रुसी सेनाको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको थियो । त्यसमा पनि दुई जना चालक नै मारिएका थिए ।