स्वास्थ्यमन्त्री बोहराको कमाउने यस्तो दाउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

स्वास्थ्यमन्त्री बोहराको कमाउने यस्तो दाउ



बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार मोबाइल स्वीच अफ गरेर तीन दिनदेखि बिदा बसेका छन् ।

बिदा लिएर सम्पर्कविहीन भई बस्नुपर्ने उनको वाध्यता हो – स्वास्थ्यमन्त्री दीपक बोहराको निरन्तर दबाब । आजको नागरिक दैनिकमा खबर छ ।

मन्त्री बोहराले प्रतिष्ठानको सिनेट बैठक बोलाउन उपकुलपति रौनियारलाई निरन्तर दबाब दिँदै आएको प्रतिष्ठान स्रोतले जनाएको छ ।

कामचलाउ मन्त्रीले बैठक राखेर गर्ने निर्णयले भविष्यमा आफ्नो प्रतिष्ठामा दाग लाग्ने डरले उपकुलपति रौनियार बिदा लिएर सम्पर्कविहीन भएका हुन् ।

स्रोतका अनुसार मन्त्री बोहराले शुक्रबार (मंसीर २९ गते) सिनेट बैठक बोलाउन रौनियारलाई निरन्तर दबाब दिँदै आएका थिए ।

सिनेट बैठकको सचिव उपकुलपति हुने प्रावधान छ ।

बोहराले जाँदाजाँदै बैठक सिनेट राखी निर्माणाधिन एमसीएच (मातृशिशु स्याहार केन्द्र) को बजेट स्वीकृत गरी मोटो कमिसन रकम लिने दाउ छोपेको स्रोतको भनाइ छ ।नागरिक दैनिकमा खबर छ ।