हावाहुरी पीडित परिवारलाई राहत सामाग्री वितरण - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

हावाहुरी पीडित परिवारलाई राहत सामाग्री वितरण



गोविन्द बीसी
बौनिया ,कैैैलाली । कैलालीको लम्कीमा हावाहुरी पीडितलाई राहत सामाग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाद्वारा राहत सामाग्री वितरण गरिएको हो ।

बिहीवार एक कार्यक्रमको आयोजना गरि राहत सामग्री वितरण गरिएको उपशाखाले जनाएको छ । उपशाखा सभापति रंगप्रसाद तिमिल्सैनाका अनुसार गएको बैशाख ३० गते कैलालीमा आएको भीषण हावाहुरीले घरको छाना भत्काएको थियोे । लम्कीचुहाका पीडित घरपरिवारलाई बिहीबार लम्कीमा राहत सामग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाको सभापतित्वमा भएको कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्वर १ देखि ५ सम्मका २५ घरपरिवारलाई राहत सामग्री तारपोलिन (त्रिपाल) वितरण गरिएको थियो ।

उक्त अवसरमा दलबहादुर बादी, मर्मराज गिरी, प्रेमप्रसाद देबकोटा, कल्पना रावत, फुलराम डगौरा थारु, टीकाराम धमाला, पदम नेपाली, गीता बि.क., प्रेमप्रकाश सुनार लगायतलाई राहत सामग्री वितरण गरिएको हो ।

लम्कीचुहा नगरपालिका वडा नम्बर-१ का अध्यक्ष जनक बम, वडा नम्बर-२ का अध्यक्ष बिष्णु ढकाल, वडा नम्बर-३ का अध्यक्ष भक्तबहादुर चलाउने, वडा नम्बर-४ का सदस्य ताराप्रसाद अधिकारी, वडा नम्बर-२ का वडा सदस्य जनक खत्री, ईलाका प्रहरी कार्यालय लम्कीका तिलक चन्द, बलिया उपशाखा सचिव बिनोद आचार्य, उपसचिव प्रेमराज मुडभरी लगायतकाबाट सामग्री वितरण गरिएको उपशाखा बलियाले जनाएको छ ।