हत्याको बिरोधमा भोली लुम्बिनी अञ्चल बन्द - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

हत्याको बिरोधमा भोली लुम्बिनी अञ्चल बन्द



बुटवल । अज्ञात समूहले गोली हानी युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिबारीको हत्या गरेको छ ।
मोटरसाईकलमा आएका दुई अज्ञात ब्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ । देबदहको कोलियामा
घटना दिउसो साढे तीन बजे भएकोथियो । प्रहरी घटनास्थलमा पुगी अनुसन्धान थालिरहेको बुटवल प्रहरीका डिएसपी मुकुन्द मरासिनीले बताए ।
घटनाको बिस्तृत बिबरण आईसकेको छैन् ।
उपचारार्थ देबदह मेडिकल कलेजमा लैजादै गर्दा उनको मृत्यू भएको अस्पतालले जनाएको छ ।

हत्याको बिरोध र दोषीलाई कारबाही माग गर्दै भोली लुम्बिनी अञ्चल बन्द गर्ने युवा संघका केन्द्रिय सचिवालय सदस्य देवराज पोख्रेलले बताए ।